site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘चपली हाइट ३’ फागुन १ गतेदेखि फेरि रिलिज हुँदै

काठमाडौं । ओमिक्रोनको चपेटामा परेको चलचित्र ‘चपली हाइट ३’ यही फागुनबाट पुनः हलहरूमा लाग्ने भएको छ । निर्माता अर्जुनकुमारले मंगलबार एउटा विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएका हुन् ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार चलचित्र यही फागुन १ गते देखि हलहरूमा पुनः प्रदर्शन हुने भएको छ । 

यो चलचित्र पुस ३० गते प्रदर्शन हुँदाहुँदै ओमिक्रोनको बढ्दो संक्रमणपश्चात हलहरू बन्द गर्ने निर्णयका कारण स्थगित भएको हो । संक्रमणदर क्रमश: घट्दै गएसँगै यही फागुनबाट हलहरू पुनः खोल्न निर्देशन दिएसँगै चलचित्र पुनः रिलिज गर्ने निर्माण टिमले जानकारी दिएको हो । 

निर्माता अर्जुन कुमारले यसलाईं दोस्रो मौकाको रूपमा लिएका छन् । विज्ञप्तिमा भनिएको छ, “आगामी फागुन १ गतेदेखि चलचित्र ‘चपली हाइट ३’ पुनः प्रदर्शन हुने जानकारी गराउँदछौँ र यो मैले दोस्रो मौका पाएको छु । सम्पूर्ण प्रशंसक, मिडियाका साथीहरू तथा शुभ चिन्तकहरूमा सहयोगको अपेक्षा गर्दछु ।”

निकेश खड्काको निर्देशन रहेको यस क्राइम थ्रिलर चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्, महेश त्रिपाठी, अर्पना थापा लगायतका कालकारहरूको मुख्य भूमिका रहेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro