अर्थ व्यवसाय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले स्थापनाको ३६औँ वार्षिकोत्सवको अवसर पारेर एनआईबीएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।
आर्थिक व्ययभार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगी हुने बैंकले जनाएको छ ।
यो मुद्दती खातामा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने र न्यूनतम १० हजारमा मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।
यस्तै निशुल्क क्रेडिट कार्ड एवं सावाँ तथा पाकेको ब्याजको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८ १७:५१
प्रतिक्रिया दिनुहोस्