site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
नेतृत्वलाई रामचन्द्रको प्रश्न– चुनावमा जनतामा आशा जगाउने सन्देश के हो ?
रामचन्द्र पौडेल । (फाइल तस्बिर : बाह्रखरी)
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी चुनावमा जनतालाई आशा जगाउने सन्देश र कांग्रेसलाई अन्तर्घातबाट जोगाउने उपायबारे पार्टी नेतृत्वले सोच्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालय उद्घाटनका लागि पोखरा पुगेका पौडेलले १४औँ महाधिवेशनपछि आफू पार्टीमा उत्तर दिने ठाँउमा नरहेको बताए । उनले पार्टीका पदाधिकारीहरूले चुनावमा जानुअघि जनतालाई आशा जगाउने सन्देश दिनुपर्ने भन्दै त्यो सन्देश के हुन सक्छ भन्दै प्रश्न गरे ।

“कांग्रेसका अगाडि ठूलो चुनौतीको पहाड छ । अबको चुनौती भनेको आगामी चुनाव हो । ती चुनावमा जनतमा कसरी आशा जगाउने ? यो बारेमा पदाधिकारीहरूले सोच्न जरुरी छ,” पौडेलले भने, “म अहिले उत्तर दिने ठाँउमा छैन । उत्तर दिने ठाँउमा भएका पार्टीका पदाधिकारी साथीहरूले जनतालाई आशा जगाउने सन्देश के दिने हो ? कांग्रेसलाई अन्तर्घातबाट कसरी बचाउने हो ? सोच्नु होला ।” पौडेलले पार्टीभित्रको गुटबन्दीले अन्तर्घातको जोखिम बढेको बताए ।

पार्टीभित्रको गुट ‘महाधिवेशनमा मन लागेकोलाई जिताऊ, मन नलगेकोलाई हराऊमा' सीमिति राख्नुपर्ने भन्दै उनले गुटबन्दीलाई अन्तर्घातमा पुग्न नदिन नेतृत्वले काम गर्नुपर्ने बताए । सत्ता गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने पक्ष देखिएका उनले कांग्रेसले गठबन्धन नगरे अरूले गर्नेतर्फ सचेत रहन पनि सुझाव दिए । 

Dabur Nepal
NIC Asia

“कांग्रेससँग ३० प्रतिशत मात्र मत छ । कांग्रेस भन्दा बाहिर रहेका ७० प्रतिशत मत एकै ठाँउमा गएमा के हुन्छ ?,” प्रश्न गर्दै पौडेलले भने, “संविधानअनुसार, अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पार्टीले एकल बहुमत जुटाउन सक्दैन भने भविष्यमा सरकार बनाउने शक्तिहरूले चुनावमा नै सँगै लिएर हिँड्न सक्नुपर्दैन ?” 

पौडेलले गठबन्धन गर्न हुँदैन भन्ने पार्टीका नेता तथा पदाधिकारीहरूलाई पनि प्रश्न गरे ।

“राष्ट्रियसभा तीन जना थिए । अहिले गठबनधन मिल्दा ६ जना सदस्य पाएको उपलब्धि हो कि होइन ?," पौडेलले आफ्नै पदाधिकारीहरूलाई प्रश्न गरे ।

पोडेलले 'इतिहासले रछ्यानमा फालेको तत्वहरूले संविधानमा प्रश्न उठाएर गिज्याउन थालेको भन्दै कांग्रेस र अहिले सत्तामा रहेका दलहरूले संविधान र व्यवस्थाको रक्षा गर्न सक्नुपर्ने बताए । त्यसो हुनुमा कांग्रेसकै कतिपय व्यक्तिको कमजोरी रहेको उनको भनाइ छ । 

“कांग्रेसकै कतिपय साथीहरू बीपीले राजासँग घाँटी जोडिएको छ भन्नुभएको थियो । अब त त्यसै गर्ने कि भन्नुहुन्छ,” पौडेलले भने, “बीपीले राजालाई लोकतन्त्र चाहिँदैन भने हामीलाई पनि राजा चाहिँदैन भन्नुभएको हो । यस्तो कुरा कांग्रेसले बुझ्न नसके व्यवस्था कमजोर पार्नेहरूलाई बल पुग्छ ।”

पूर्वराजा ज्ञानेन्द्र शाहले नेताहरूले देश बेचे भनेर भनेको प्रसंग उल्लेख गर्दै पौडेलले देश बेच्नेहरू किटान गर्न चुनौती दिए ।

“देश बेच्ने नेता को हो ?,” पौडेलले भने, “नेताहरू सबैलाई एउटै बास्केटमा हाल्नु ग्रान्ड डिजाइन हो । त्यस्तो डिजाइनबाट मुलुकलाई बचाउनुपर्‍यो,” पौडेलले भने, “गिरिजाबाबु भन्नुहुन्थ्यो, पहिलो नेता सिध्याउने, त्यसपछि कांग्रेस सिध्याउने अनि प्रजातन्त्र सकेर मुलुक सक्ने ग्रान्ड डिजाइन भएको छ ।” 

पौडेलले मुलुकलाई असफल हुनबाट रोक्न प्रधानमन्त्री, गठबनधनका नेताहरू र प्रमुख विपक्षी दलका नेता केपी ओलीलाई समेत आफूले आग्रह गरेको बताए । 

“मुलुक असफलतातर्फ जाँदै छ । हाम्रो पुस्ता नै असफल सावित हुँदै छ,” एमाले अध्यक्ष ओलीसँग आफूले भनेको कुरा दोहोर्‍याउँदै पौडेलले भने, “सरकारले कानुन पास गर्न नसक्ने अवस्था आउने, संसद् चल्नै नदिने र अदालत पनि उस्तै अन्यौल बनाउनु कस्तो कुरा हो ?”

पौडेलले माधव नेपाल र प्रचण्डले एमसीसीका बारेमा भ्रम छरेको भदै आफूले गठबन्धनमै त्यो कुरा राखिदिएको बताए । 

“मैले गठबन्धनको बैठकमा नै भनेँ– एमसीसीका बारेमा आम जनतालाई कन्भिन्स गराउनुभयो । अब मलाई कन्भिन्स गराउनुस्, होइन भने कार्यान्वनमा लैजाऔँ,” पौडेलले आफ्नो प्रस्तावबारे भने, “मुलुकको अर्थतन्त्र चल्नै नसक्ने अवस्थामा पुग्यो । ठूलो विकास आयोजना ठप्प छन् । यसले पनि मुलुक असफलतातर्फ धकेलिन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro