site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इजिप्ट र सेनेगल सेमिफाइनलमा 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । मोहम्मद सालाहले एक गोल गर्नुका साथै अर्कोमा अवसर सिर्जना गरिदिएको खेलमा इजिप्टले आइतबार राति मोरक्कोलाई २–१ ले हराउँदै अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा स्थान पक्का गरेको छ । 

मोरक्कोले सुरुमै अग्रता लिए पनि जोगाउन नसक्दा प्रतियोगिताको यात्रा क्वार्टरफाइनबाट टुंगिएको छ । सोफिएन बौफलले पेनाल्टीमा गरेको गोलबाट मोरक्कोले सातौं मिनेटमा अग्रता लिएको थियो । आयमन अश्रफले हाकिम जियाचलाई फाउल गरेपछि मोरक्कोले पेनाल्टी अवसर पाएको थियो । उक्त अवसरमा बौफलले गोल गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

लिभरपुलका फरवार्ड सालाहले ५३औं मिनेटमा बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि खेल थप ३० मिनेट धकेलिएको थियो । थपिएको ३० मिनेट समयको दशौं मिनेटमा मोहम्मद सालाहको पासमा ट्रेजिगुएटले गरेको गोलबाट इजिप्टले अग्रता लियो । एष्टन भिल्लाका फरवार्ड ट्रेजिगुएटले गरेको त्यही गोल इजिप्टलाई सेमिफाइनल पुर्याउन निर्णायक बन्यो । 

सालाहले २०१७ मा अफ्रिकन कप अफ नेसन्समा डेब्यू गरेपछि इजिप्टले गरेको ६४ प्रतिशत गोलमा संलग्न भएका छन् । १४ मध्ये ९ गोलमा सालाह प्रत्यक्ष संलग्न छन् । 

Global Ime bank

इजिप्टले अब फाइनल प्रवेशका लागि आयोजक क्यामरुनविरुद्ध प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अर्को सेमिफाइनलमा सडियो मानेको सेनेगलले बुर्किना फासोसँग प्रतिस्पर्धा गर्नेछ । 

सेनेगलले आइतबार राति नै इक्वेटोरियल गिनीलाई ३–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । सेनेगलले २८औं मिनेटमा फमेरा डिडियुले गरेको गोलबाट अग्रता लिएको थियो । ५७औं मिनेटमा इक्वेटोरियल गिनीका जनिक बुएला सामले बराबरी गोल फर्काए । ६८औं मिनेटमा चेइखोउ कौएटले गरेको गोलबाट सेनेगलले अग्रता लियो । ७९औं मिनेटमा इस्माइला सारले अर्को गोल थपेपछि सेनेगललको सहज जित निकालेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय