राजनीति
विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नम्बर–१ को महिलातर्फ जयन्ती राई विजयी भएकी छन् ।
सत्ता गठबन्धनको तर्फबाट उमेदवार बनेकी नेकपा (एकीकृत समाजवादी)की नेतृ राई राष्ट्रियसभा सदस्यमा विजयी भएकी हुन् ।
उनले चार हजार ६९२ मतभार पाइन् । उनका प्रतिस्पर्धी प्रमुख प्रतिक्षी दल नेकपा (एमाले)बाट उमेदवार बनेकी सावित्रा भण्डारीले चार हजार ३६२ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८ १७:०५
प्रतिक्रिया दिनुहोस्