काठमाडौं । कनेक्टआईपीएसमार्फत बैंक तथा वित्तीय संस्थाको खाताबाटै बिमाको भुक्तानी सजिलै गर्न सकिने भएको छ । यसमा १८ वटा जीवन बिमा कम्पनी र १४ निर्जीवन बिमा कम्पनी आबद्ध भएका छन् ।
कनेक्टआईपीएसमा आबद्ध भएका बिमा कम्पनीहरूको बिमाको प्रिमियम सहजै भुक्तानी गर्न सकिने नेपाल क्लियरिङ हाउसले जनाएको छ ।
कम्पनीका अनुसार कनेक्टआईपीएसको वेबसाइट र मोबाइल एपबाट प्रिमियम भुक्तानी गर्न सकिन्छ ।
आफ्नो प्रयोगकर्ता नाम र पासवर्ड प्रयोग गरेर कनेक्टआईपीएस डटकममा लग इन गरी ड्यासबोर्डबाट वित्तीय संस्थाहरूमा क्लिक गर्न सकिन्छ । त्यसपछि बिमामा क्लिक गरी जीवन बिमा वा निर्जीवन बिमामा क्लिक गर्नुपर्छ । त्यसपछि तपाईंको बिमा कम्पनीमा क्लिक सकिन्छ । भुक्तानी गर्नको लागि आफ्नो खाता चयन गरी र बिमा प्रिमियम भुक्तानीको लागि आवश्यक विवरणहरू भर्नुपर्छ । त्यसपछि विवरणहरू पुनः जाँच गर्न सकिन्छ र दर्ता गरिएको मोबाइल नम्बर र इमेलमा प्राप्त लेनदेन पासवर्ड र/वा ओटीपी प्रयोग सकिन्छ । लेनदेन पूरा गर्न सबमिटमा क्लिक गर्नुपर्छ ।
यसैगरी, मोबाइल एपबाट भुक्तानी गर्दा निम्न प्रक्रिया पूरा गर्नुपर्ने कम्पनीले जनाएको छ ।
आफ्नो प्रयोगकर्ता नाम र पासवर्ड प्रयोग गरेर कनेक्टआईपीएस मोबाइल एपमा लग इन गर्ने, गृहपृष्ठमा क्रेडिटर्समा क्लिक गर्ने, वित्तीय संस्थाहरूमा क्लिक गर्ने, बिमामा क्लिक गर्ने, ग्राहक जीवन बिमा वा गैरजीवन बिमा भुक्तानीमा क्लिक गर्नुपर्छ । त्यसपछि आफ्नो बिमा कम्पनीमा क्लिक गर्नुपर्छ । भुक्तानी गर्नको लागि आफ्नो खाता चयन गर्ने र बिमा प्रिमियम भुक्तानीको लागि आवश्यक विवरणहरू भर्नुपर्छ ।
विवरणहरू पुनः जाँच गर्ने र दर्ता गरिएको मोबाइल नम्बर र इमेलमा प्राप्त लेनदेन पासवर्ड र/वा ओटीपी प्रयोग गर्नुपर्छ । लेनदेन पूरा गर्न सबमिटमा क्लिक गरेपछि बिमा प्रिमियम भुक्तानी हुने कम्पनीले जनाएको छ ।