site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हुम्लामा हिमपात, जनजीवन कष्टकर, हवाइ उडान प्रभावित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । हुम्लामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । आइतबार बेलुकादेखि परेको हिमपातले जनजीवन कष्टकर बनेको छ । हवाइ उडान पनि प्रभावित बनेको छ । 

दुई दिनदेखिको हिमपातले करिब तीन फिट हिँउ जमेको सर्केगार्ड गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए । ‘‘भारी हिमपातले तापक्रम माइनस ५ देखि ९ डिग्रीमा झरेको छ । एक ठाउँबाट अर्को ठाउँसम्म जान सकिने अवस्था छैन । हिमपातका कारण सीता एयरका दुई जहाज सिमकोट विमानस्थलमै थन्किएका छन्,” उनले भने । 

नाम्खा गाउँपालिका न्यालुलेक नाका बन्द छ । पशुचौपाया चराउन कठिनाइ छ । सिमकोट, नाम्खा, बर्गाउ, बुराउसे लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात र तल्लो हुम्लामा पानी परिरहेको पनि वडाध्यक्ष बुढाले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !