देश
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ संक्रमित भएपछि खोप कार्यक्रम स्थगित गरिने भएकोे छ ।
अस्पतालले आज विज्ञप्ति जारी गर्दै सोमबारदेखि एक साताका लागि खोप अभियान स्थगित भएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालले कोभिडविरुद्धको पहिलो र दोस्रो दुवै डोज खोप कार्यक्रम सञ्चालन गरिरहेको थियो ।
हेरौँ विज्ञप्ति :
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८ १६:४३
प्रतिक्रिया दिनुहोस्