site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘चिम्से आँखा’ बारे चीनमा किन बढ्दैछ विवाद
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बीबीसी । गलत कारणका लागि चिनियाँ मोडल न्याङन्याङका पुराना तस्बिरहरु यतिबेला भाइरल भएका छन् । 

यसमा उनले ‘सानो चिम्से आँखा छ भन्दैमा म चिनियाँ हुनै अयोग्य हुँ ?’ भन्ने प्रश्न गरेकी छन् । 

मानिसहरुले उनलाई जानीजानी राष्ट्रवाद विपरीत भाव प्रस्तुत गरेको भनेर विभिन्न आरोप लगाउँदै गाली गरेका छन् । वास्तवमा एउटा खानेकुराको ब्रान्डका लागि विज्ञापन गरेकामा उनी यसरी आलोचित भइन् जसमा उनको दोष भनेको केबल चिम्से आँखा हुनु रहेको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले त उनलाई यति आक्रामक प्रतिक्रिया दिए कि कम्पनीले अन्ततः उनलाई सबै अनलाइन विज्ञापनबाट हटाउनु परेको हो । यसमा उनको रुपले मानिसहरुलाई असहज महसुस गराएको भएमा क्षमा चाहन्छौँ भनेर कम्पनीले माफी समेत माँगेको छ । 

तर उता न्याङ चाहिँ आफूमाथि त्यस किसिमले आक्रमण गर्नलाई आफ्नो वास्तविक गलती नै थाहा नभएको बताउँछिन् । 

Royal Enfield Island Ad

उनी भन्छिन्, “मैले केबल मोडलका रुपमा मेरो काम मात्र गरिरहेकी थिएँ । मलाई यो रुप मेरा आमाबुवाले दिनुभएको हो । र मैले यस रुपमा जन्मिएर कसरी चीनको अपमान गरेँ ?”

२०१९ मा खिचिएको सो विज्ञापन चिनियाँ सामाजिक संजाल प्रयोगकर्ताहरुले धेरै मिहिनेतले खोजेर निकालेका हुन् । 

यसअघि नोभेम्बरमा पनि एक चिनियाँ फेशन फोटोग्राफरले फ्रेन्च लक्जरी ब्रान्ड डिओरका लागि चिम्से आँखा भएकी मोडलको तस्बिर खिचेकामा सबैतिरबाट आलोचित हुनु परेको थियो । उनले पनि यसका लागि सार्वजनिक रुपमा माफी माग्नु परेको थियो । 
पछिल्लो समय चिनियाँ सामाजिक संजालमा चिम्से आँखा भएका चिनियाँ महिलाहरुलाई विज्ञापन गर्न राखेकामा घोर विरोध गर्ने चलन व्याप्त बनेको छ । ठुल्ठुला ब्रान्ड जस्तै मर्सिडिज बेन्ज र गुचीले पनि यस्तै प्रकारका आक्रामक प्रतिक्रियाको सामना गर्नुपरेको छ । 

चीनमा बढ्दो पश्चिम विरोधी भाव र अनलाइन राष्ट्रियतालाई लिएर कतिले चाहिँ त्यस प्रकारका विज्ञापन वास्तवमा चिनियाँहरुप्रति भेदभावको उदाहरण भएको बताइरहेका छन् । किनकी पश्चिमी मुलुकले चिम्से आँखालाई नै ठेट चिनियाँ अनुहारका रुपमा हेर्ने गर्दछ र  ब्रान्डहरुले यस्ता मोडललाई राखेर त्यसैलाई बढावा दिइरहेको तिनको आरोप छ । 

अधिकांश चिनियाँ विज्ञापनमा चाहिँ गोरा, गोलो ठूलो आँखा भएका मोडलहरु प्रयोग गरिन्छ र उनीहरुले पनि आफ्नो उत्पादनका लागि त्यस्तै मोडल किन नराखेको भनेर धेरैले प्रश्न गरेका छन् । 

यसअघि चिनियाँ दैनिकले पश्चिमी स्तरको सुन्दरतालाई नै धेरै लामो समयदेखि विश्वस्तरीय मानिँदै आएको विषयमा प्रकाश पारेको थियो । 

त्यसमा भनिएको छ, “हरेक कुरामा पश्चिमी धारणा नै हुनुपर्छ भन्ने छैन । र चिनियाँहरुले महिलाको सुन्दरतालाई लिएर पश्चिमले स्थापित गरेको स्तर या कस्ता महिलालाई सुन्दर ठहर्याउने भन्ने कुरा अपनाउन जरुरी छैन । ”

यसरी चिनियाँ ब्रान्ड भएर पनि चिनियाँ उपभोक्ता के कुरामा बढी संवेदनशील छन् भन्ने नबुझ्नु गलत भएको पनि यसमा थप बताइएको छ । 

यसरी १९ औँ शताब्दी तिर चिम्से आँखालाई एसियाली मूलको रुप दिएर व्यंग्य गर्ने चलन थियो जसलाई अहिले भने आपत्तिजनक मानिन्छ । पश्चिममा चिम्से आँखा देखाएर एसियाली मूलका मानिसहरुमाथि भेदभाव गरिएको धेरै लामो इतिहास पनि छ । 

तरपनि मोडल न्याङले हालको विवादमा मानिसहरु आफूप्रति केही नम्र भए हुन्थ्यो भन्ने चाहेको बताइन् । आफ्नो स्वरुप मन नपरेपनि हमला गर्न जरुरी नभएको उनको भनाइ छ । 

उनले वेइबोको पोस्टमा लेखेकी छन्, “मेरो आँखा यस्तै छ । अझ वास्तविक जीवनमा झन सानो छ । तर सबैको आफ्नै ‘चार्म’ आफ्नै विशेषता हुन्छ होइन र ?” बीबीसीबाट 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro