site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोलम्बो पोर्ट सिटी : नयाँ दुबई कि चीनको छायामा पर्ने चाल ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बीबीसी । कोलम्बो पोर्ट सिटीलाई त्यहाँका निकायहरुले ‘विश्व अर्थतन्त्रको गेम चेन्जर’ भनेर व्याख्या गरिरहेका छन् । श्रीलंकाको राजधानीमा रहेको समुद्री छेउको सो भूभाग वास्तवमै शानदार र आधुनिक स्थल देखिन्छ । 

कोलम्बोको व्यापारिक केन्द्रकै छेउमा रहेको बालुवाले भरिएको सो क्षेत्रलाई यतिबेला उच्च प्राविधिक शहरमा परिणत गर्ने तयारी तिव्र रुपमा जारी गरिएको छ । सो शहर अन्तर्राष्ट्रिय वित्तिय केन्द्र बन्ने अपेक्षा रहेको छ भने यसलाई दुबई, हङकङ लगायतसँग तुलना गरिराखिएको छ । 

समुद्री तटबाट भर्खर मात्र निकालिएको सो ठाउँले वास्तवमै श्रीलंकालाई नयाँ विश्वस्तरीय शहर निर्माण गर्ने अवसर दिलाएको र ‘अबको सिंगापूर’ बन्ने सम्भावना बोकेको पोर्ट सिटीको आर्थिक आयोगका सदस्य सलियाले बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर आलोचकहरुले यसले श्रीलंकाको अर्थतन्त्रमा चाहिँ कत्तिको प्रभाव पार्न सक्ला भन्ने प्रश्न गरिरहेका छन् । 

जस्तै पहिलो कुरा त २.६ वर्ग किलोमिटरको उक्त नयाँ जमिन प्राप्त गर्न श्रीलंकाले चाइना हार्बर इन्जिनियरिङ कम्पनीको १.४ अर्ब डलर लगानी सहायता लिनुपर्यो । यसको बदलामा चिनियाँ फर्मले ९९ वर्षका लागि सो भूभागको ४३ प्रतिशत लिजमा प्राप्त गरेको छ । 

Royal Enfield Island Ad

र धेरै वर्षको ढिलाइपछि अन्ततः अहिले निर्माण कार्यहरु सुरु गरि शहरले नयाँ स्वरुप देखाउन थालिसकेको छ । 

चिनियाँ इन्जिनियरहरुले सुपरभाइज गरिरहेका ठुल्ठुला क्रेनहरुले जताजतै सिमेन्ट, बालुवा बोकेर यताउती गरिरहेको देख्न सकिन्छ । त्यस्तै यो नयाँ जमिनले विभिन्न साना याच र पानी जहाजहरुलाई पहुँच दिलाउन पनि थालिसकेको छ । 

सम्बन्धित निकायका अनुसार यो परियोजना सम्पन्न हुन २५ वर्ष लाग्न सक्छ जुन दक्षिण एसियाकै यस किसिमको पहिला ठूलो प्रोजेक्ट हुनेछ । 

श्रीलंकाले सो जमिन आफूहरुकै नियन्त्रणमा रहेको र चीनलाई लिजमा दिइएको भूभाग अन्तर्राष्ट्रिय फर्म लगायत अन्य कम्पनीहरुलाई भाँडामा दिइने बताएको छ । 

यो नयाँ शहरमा करिब ८० हजार मानिसहरु बसोबास गर्ने अपेक्षा गरिएको छ जसले त्यहाँ लगानी गरेमा या व्यवसाय सुरु गरेमा कर छुट प्राप्त गर्न सक्नेछन् । त्यहाँ निर्धारित विशेष आर्थिक जोनमा सबै कारोबार र पारिश्रमिक समेत अमेरिकी डलरमै दिइने बताइएको छ । 

पोर्ट सिटी प्रोजेक्ट आधिकारिक रुपमा चिनियाँ राष्ट्रपति शि जिनपिङले २०१४ को कोलम्बो भ्रमणका बेलामा घोषणा गरेका थिए । यो भनेको बेल्ट एण्ड रोड परियोजना लन्च भएको एक वर्षपछिको समय हो । 

जिनपिङको भ्रमणका बेलामा महिन्दा राजापक्क्ष श्रीलंकाका राष्ट्रपति थिए । तर त्यही वर्ष उनले हामबान्तोता दक्षिणतर्फ रहेको ठूलो बन्दरगाह सम्बन्धी चिनियाँ ऋणको विवाद चलिरहँदा चुनाव हारे । 

हाम्बन्तोता अहिले श्रीलंकाको हातमा छैन । २०१७ मै पूर्व सरकारले ऋण तिर्न संघर्षरत् अवस्थामा पुगेपछि चीनलाई नियन्त्रण गर्न दिएको हो । 

यसको आठ वर्षपछि राजापक्ष फेरि पनि प्रधानमन्त्रीका रुपमा सत्तामा छन् र उनका भाइ गातेताबाया राष्ट्रपति पदमा छन् । 

यसकारण पनि नयाँ पोर्ट सिटीलाई लिएर श्रीलंकामै पनि सबै सकारात्मक छैनन् । 

यो परियोजनामा वातावरणीय असरदेखि, प्रोजेक्टको अत्याधिक ठूलो आकारलाई लिएर अनगिन्ती चिन्ता जनाइएको छ । 

त्यस्तै धेरैले यसको निर्माणले आफ्नै देशमा चाहिँ हित नपुर्याउने या समर्थकहरुले दाबी गरे जसरी फाइदा नहुनेबारे डर व्यक्त गरिरहेका छन् । 

जस्तै निश्चित क्षेत्रमा कर छुट दिलाउनाले श्रीलंकाको समस्त आम्दानीमा ठूलो प्रभाव पार्न नसक्ने बताइएको छ भने अमेरिकाले चाहिँ व्यवसायीहरुका लागि त्यस किसिमको आरामदायक वातावरण, अवैध पैसाको कारोबार गर्नेहरुका लागि केन्द्र बन्न सक्ने चेतावनी दिएको छ । 

तर श्रीलंकाका न्यायिक मन्त्री मोहोम्मद अलि सबरीले यी सबै कुरासँग सहमति जनाएनन् । 

उनी भन्छन्, “त्यस्तो हुनै सक्दैन किनकी सामान्य अपराधिक कानुन यहाँ पनि उत्तिकै स्तरमा लागू हुनेछ । हामीसँग आफ्नै अवैध कारोबारेको अनुसन्धान गर्ने खुफीया युनिट छ । त्यसैले कोही पनि यसबाट सजिलै बच्न सक्ने छैन ।”

यता ग्लोबल परियोजनाहरुमा चीनको बढ्दो सक्रियताले यसका दिर्गकालीन रणनीतिक लक्ष्यहरुबारे पनि चिन्ता बढाएको छ । 

पोर्ट सिटीको मुख्य उद्देश्य भनेको भारतमा पहिलै अवस्थित अन्तर्राष्ट्रिय फर्म र लगानीकर्ताहरुलाई यसतर्फ तान्नु हो । यसले भारतमा रोजगारी र लगानी दुवैमा ठूलो गिरावट ल्याउन सक्ने बताइएको छ । 

त्यस्तै कतिले चाहिँ श्रीलंका आफैँ यस परियोजनासँग डराउनुपर्ने अवस्थामा रहेको पनि बताइरहेका छन् । 

किनकी २०२० मा मात्र लाओसले चीन र आफूबीचको ठूलो रेलवे लिंकमा लगानी गर्न चीनसँग बराबरी आर्थिक सहायता जुटाउन नसकेपछि कंगाल हुनबाट बच्न आफ्नो भूमीको ऊर्जा ग्रीड चीनलाई बेच्नु परेको थियो । 

विपक्षी पार्टीका सांसद रज्दा भन्छन्, “अहिलेकै अवस्थामा जसरी सरकारले चिनियाँहरुसँग सबै कुरामा सहमति जनाइरहेको छ, त्यो हेर्दा पोर्ट सिटीको सबै अंश चीनकै नियन्त्रणमा छ । र एक दिन यस परियोजनामा श्रीलंकाले केही बोल्न नपाउने, कुनै हक राख्न नपाउने हुनेछ ।”

यता चिनियाँ एकेडेमिक बोले चाहिँ दुवै देशको फाइदा हेरेर नै परियोजना अघि बढाइरहेकामा जोड दिएका छन् । उनले बीबीसीसँग भनेका हुन्, “चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजना कुनै च्यारिटी होइन । हामी यसमा दुवै पक्षको फाइदा होस् भन्ने चाहन्छौँ । यसको अर्थ हामी पनि सम्पूर्ण आर्थिक लगानीको फल प्राप्त होस् भन्नेमा छौँ । चीनको कुनैपनि देशलाई ऋणको जालोमा पार्ने उद्देश्य छैन ।”

श्रीलंकाका अधिकारीहरुले पनि यही कुरा दोहोर्याएका हुन् । सलियाका अनुसार उक्त क्षेत्रको निरीक्षण गर्ने, पुलिस, आप्रवासन लगायत राष्ट्रिय सुरक्षाका जिम्मेवारी सबै श्रीलंकाकै सरकारको अधिनमा छ । 

तर श्रीलंका अहिले नै विभिन्न अप्रत्याशित आर्थिक संकटबाट गुज्रिरहेको छ र यससँग सिमित विकल्पहरु मात्र भएको विश्वस गरिन्छ । 

कोभिड महामारीले पर्यटन व्यवसाय ठप्प पारिदिएपछि देशको आर्थिक स्थिति झन नाजुक बन्न पुगेको हो । 

यस्तोमा श्रीलंकाको बाह्य ऋण मात्र ४५ अर्ब डलर पुगिसकेको छ जसमा यसले चीन एक्लैलाई ८ अर्ब डलर तिर्नुछ । 

त्यसैले गत हप्ता मात्र भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यिलाई सरकारले ऋण भुक्तानी सम्बन्धी नीति परिमार्जित गर्न भनेको हो । 

तर अन्तर्राष्ट्रिय एजेन्सीहरुको निराशाजनक मूल्यांकन हेर्दा कोलम्बोले अन्तर्राष्ट्रिय लगानीकर्तालाई थप ऋणका लागि आकर्षित गर्न सक्ने सम्भावना तत्कालका लागि एकदम कम देखिन्छ । यसमा केबल चीनसँग मात्र पर्याप्त पैसा र दिर्गकालीन रणनीति रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro