site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
१९ वर्षीया किशोरीले एक्लै विमानबाट विश्व घुमेर बनाइन् नयाँ कीर्तिमान
Sarbottam CementSarbottam Cement

लन्डन । एकजना किशोरी पाइलटले एक्लै विमानमा विश्व घुम्ने पहिलो सबैभन्दा कम उमेरकी महिलाको कीर्तिमान बनाएकी छन् । उन्नाइस वर्षीया जारा रुथर्फाेर्डलाई यो लक्ष प्राप्त गर्न पाँच महिना लागेको छ ।

प्रतिकूल मौसमका कारण उनले आफ्नो मिसन सकाएर निर्धारित समय भन्दा दुई महिना ढिलो बेल्जियमको कोट्र्रिज्क वेभेल्जेममा विमान अवतरण गरेकी हुन् ।

यस ऐतिहासिक हवाई भ्रमणको क्रममा उनी अलास्काको नोममा एक महिना र रसियामा एकचालिस दिन फसेकी थिइन् । बेल्जियममा फर्कंदा विनचेस्टरको सेन्ट स्विथुन्स स्कूलकी पूर्व विद्यार्थी जारालाई उनको परिवारका सदस्य, पत्रकार र शुभचिन्तकहरूले स्वागत गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

एनले सार्क युएल अल्ट्रालाइट स्पोर्ट एयरक्राफ्ट उडाएकी हुन् । उनले गत १८ अगस्टमा यात्रा थालेकी हुन् । उनले पाँच वटा महादेशमा साठी वटा भन्दा बढि स्थानमा विमान अवतरण गरेकी थिइन् । बेलायती तथा बेल्जियम मूलकी जाराका आमाबुबा दुवै पाइलट नै हुन् । 

उनले आफुले अन्य महिलाहरूलाई एसटीईएम अर्थात विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसँग सम्बन्धित पेशामा लाग्न प्रोत्साहित गर्ने लक्ष लिएको बताउँछिन् । उनको यस चुनौतीपूर्ण तथा साहसिक अभियान सफल बनाउन ह्याम्फसायरस्थित उनको पूर्व विद्यालय र उनको सार्क युूल एयरक्राफ्ट निर्माण कम्पनी स्लोभाकियाको सार्कले प्रायोजन गरेका थिए । 

Global Ime bank

यसअघिको विश्वकिर्तिमानकर्ता तीस वर्षिया अ‍ेमरिकी महिला साएस्ता वाइज थिइन् । उनले सन् २०१७ मा विश्वभरि एक्लै विमान उडाएर कीर्तिमान राखेकी थिइन् । 

पुरुषतर्फ भने यस विधामा १८ वर्षीय किशोरको नाममा विश्व कीर्तिमान कायम छ ।

प्रतिकूल मौसम लगायत उडान र प्रवेश अनुमति पाउन आवश्यक कानुनी दस्ताबेज तयार गर्दा ढिलाइ भएका कारण जाराको अभियान पनि ढिलो सम्पन्न भएको हो । 

बीबीसीबाट ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  २२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC