site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि जोरबिजोर प्रणाली लागु हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिइन् ।

जसअनुसार जोर गते अन्तिममा जोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ भने बिजोर गते अन्तिममा बिजोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेपछि प्रशानसले कडाइ गरेको हो ।

औषधि, स्वास्थ्य सामाग्री बोकेका सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, सववाहन, ग्यास पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, पशुपंक्षिका दाना, अन्डा फलफूल, खाद्यान्न, तरकारी, माछामासु बोकेका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागु हुने छैन ।

Global Ime bank

प्रशासनकाअनुसार उपत्यकामा चल्ने सार्वजनिक र निजी सवारी साधनहरू (दुई पांग्रे सहित) देहाय बमोजिम हुने गरी सञ्चालन गर्नुपर्ने छ :

(क) जिल्ला भित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने,

(ख) सिट क्षमता भन्दा बढी यात्रु नराख्ने,

(ग) सबै यात्रुलाई मास्क अनिवार्य गर्ने,

(घ) सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्ने,

(ङ) चालक तथा सहचालकले मास्क र फेस-सिल्ड लगाउनु पर्ने,

(च) सवारी साधनलाई दैनिक रूपमा निसङ्क्रमित गर्नु पर्ने,

(छ) सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रूपैया लिई मास्क उपलब्ध गराउनु पर्ने,

(ज) मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने ।

(झ) लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी शुरु देखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण जिल्ला कोभिड- १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) लाई उपलध गराउने,

(ज) लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरूलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने ।

(ट) राष्ट्रिय राजमार्गहरूमा सञ्चालित होटेल तथा रेष्टुरेण्टहरूले जनस्वास्थ्यका मापदण्डहरू पालना गरी भिडभाड नहुने व्यवस्था मिलाई आलोपालो गरी सेवा दिने ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC