site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रधानमन्त्री कप क्रिकेट : पुलिसलाई १५८ रनको लक्ष्य 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा १५८ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसका कप्तान मञ्जित श्रेष्ठले एपीएफविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । उनको निर्णय सही सावित भयो । एपीएफका खेलाडीले कुनै पनि समय ठूलो साझेदारी गर्न सकेनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

एपीएफले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनायो । एपीएफका लागि अमर राउटेलाले सबैभन्दा धेरै २९ रन बनाए । लेकेश बम २७ रनमा पवेलियन फर्किंदा सन्दीप जोरा २४, कप्तान शरद भेषावकर १९ र भुवन कार्कीले १७ रन जोडे ।

पुलिसका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान तीन विकेट लिए । गुल्सन झाले दुई विकेट लिँदा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले एक/एक विकेट लिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय