अर्थ व्यवसाय
काठमाडौं । मेगा बैंक नेपालले भक्तपुर जिल्लाका महत्त्वपूर्ण स्थानहरूमा सीसीटीभी जडान गर्न आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले भक्तपुर जिल्ला सीसीटीभी जडान समितिका पदाधिकारीलाई सीसीटीभी खरिदका लागि दुई लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरिन् ।
भक्तपुरमा अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी तथा प्रभावकारी बनाउने उद्देश्यले सीसीटीभी खरिद तथा जडान गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको खुञ्जेलीले बताइन् ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८ १५:४६
प्रतिक्रिया दिनुहोस्