site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोभिड खोप अनिवार्य गरिएपछि फ्रान्स, जर्मनी, अस्ट्रिया र इटलीमा विरोध प्रदर्शन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

अलजजिरा । पश्चिम युरोपमा दसौँ हजार मानिसहरूले कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्ने प्रावधानको विरोधमा प्रदर्शन गरेका छन् । फ्रान्समा मात्रै एक लाख भन्दा बढी मानिसहरू सडकमा उत्रिएका छन् । खोप नलगाएका मानिसहरूको अधिकार सीमित बनाउने सरकारको योजना रहेको भन्दै त्यस विरुद्ध र्‍याली गरेका हुन् ।

फ्रान्सको राजधानी पेरिसमा शनिबार चिसो र वर्षाका बाबजुद अधिकांश मास्क नलगाएका मानिसहरूले ‘सत्य’, ‘स्वतन्त्रता’ र ‘भ्याक्सिन पास हुनु हुँदैन’ लेखिएका प्लेकार्डहरू बोकेर प्रदर्शन गरेका थिए ।

केही व्यक्तिहरू राष्ट्रपति इम्यानुअल म्याक्रोनले खोप नलगाएका मानिसहरूप्रति प्रयोग गरेको भाषा शैलीप्रति खनिएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

फ्रान्सको तल्लो सदनले कोभिड नियन्त्रणसम्बन्धी विधेयक अनुमोदन गरेपछि विरोध प्रदर्शन भएको हो । सो विधेयकअनुसार बाहिर खान, यात्रा गर्न र सांस्कृतिक कार्यक्रममा सहभागी हुन पूर्ण मात्रा खोप लगाएको प्रमाणित हुनुपर्नेछ ।

शुक्रबार मात्रै तीन लाख मानिसहरू कोभिड संक्रमित भएका थिए ।

Royal Enfield Island Ad

नयाँ प्रावधानहरू ज्यानुअरी १५ सम्ममा लागु भइसक्ने सरकारले अपेक्षा गरेको छ । यद्यपि, सिनेटको विधायिकाहरूले सो प्रक्रियामा ढिलाइ गर्न सक्छन् ।

फ्रान्सको गृहमन्त्रालयले शनिबारको विरोध प्रदर्शनमा एक लाख पाँच हजार दुई सय मानिस सहभागी भएको र त्यसमध्ये पेरिसमा १८ हजार सहभागी भएका थिए । प्रदर्शनमा १० जनालाई पक्राउ गरिएको र तीन जना अधिकारी सामान्य घाइते भएको बताइएको छ ।

यसैबीच, अष्ट्रियाको राजधानी भियनामा ४० हजार मानिसहरूले प्रदर्शन गरेका छन् । अर्को महिनादेखि कोभिड–१९ विरुद्धको खोप अनिवार्य गर्न लागेको छ ।

प्रदर्शन समग्रमा शान्तिपूर्ण भएको प्रहरीले बताएको छ ।

यस्तै, जर्मनीमा झण्डै १६ हजार मानिसहरूले प्रदर्शन गरेका छन् । जर्मनीको हम्बर्ग लगायत थुप्रै सहरमा प्रदर्शन गरेका हुन् ।

इटलीमा पनि विरोध प्रदर्शन भएका छन् । विरोधीहरूले ५० वर्षमाथिका मानिसलाई कोभिड १९ विरुद्धको खोप अनिवार्य गर्ने नियमविरुद्ध प्रदर्शन गरेका हुन् । सोमबारदेखि खोप नलागाएका व्यक्तिहरूलाई सार्वजनिक यातायात एवम् रेस्टुरेन्टहरू प्रयोग गर्न नपाउनेगरी कडा कानुन कार्यन्वयनमा आउँदैछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro