बेइजिङ । चीनको राजधानी बेइजिङनजिकैको तटीय सहर तियानजिनमा २० जनामा कोभिड–१९ संक्रमण देखिएपछि पूरै सहरवासीको कोरोना परीक्षण गरिने भएको छ ।
एक करोड ४० लाख जनसंख्या रहेको सहरमा बालबालिका एवं वयस्क गरी २० जनामा कोभिड–१९ पुष्टि भएको थियो । त्यसमध्ये कम्तीमा दुईजना ओमिक्रोन संक्रमित भएको बताइएको छ ।
संक्रमितमध्ये आठदेखि १३ वर्ष उमेरका १५ विद्यार्थी, एकजना कर्मचारी र चार अभिभावक रहेका छन् ।
बेइजिङमा फेब्रुअरीमा हुन गइरहेको विन्टर ओलम्पिकलाई मध्यनजर गर्दै चीनले शून्य सहनशीलता कोभिड–१९ रणनीतिलाई बढवा दिएको छ । चिनियाँ राजधानी तियानजिनको ११५ किलोमिटर उत्तर पश्चिममा छ । दुई सहर हाइस्पीड रेल लिंकबाट जोडिएका छन् । त्यसबाट आवतजावत गर्न एक घण्टाभन्दा पनि कम समय लाग्छ ।
यसैबीच, धेरै संक्रमित भएका सियान र युझोउका दशौँ लाख मानिस घरमै थुनिएका छन् । एपीबाट ।