site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटन प्रवर्द्धनमा साहित्यकार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गोरखामा आयोजित एक कार्यक्रममा साहित्यका लागि पर्यटन काव्य यात्रा एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमका अधिकांश वक्ताले स्थानविशेषको महत्व उजागर गर्न र जनचासो बढाउन लेखक/कविको सिर्जनशीलता महत्वपूर्ण हुने बताएका छन् । 

अन्तर्राष्ट्रिय साहित्य समाज अनेसास नेपाल च्याप्टरद्वारा आयोजित कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले साहित्यकारहरूको स्वागत गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान र राष्ट्रिय एकतामाथि थप गहन सृजना गर्न आग्रह गरे । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले लेखक कविको सृजनालाई थप व्यवस्थित र नगरपालालिकालाई वैभवशाली बनाउन गोरखा नगरपालिकाले प्रज्ञा प्रतिष्ठान गठन गर्न लागेको जानकारी दिए । 

अनेसासका बोर्ड अफ ट्रस्टकी अध्यक्ष गीता खत्रीले पर्यटन प्रवर्द्धन गर्न साहित्यकारहरु विभिन्न ठाउँ पुगेर लेख्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा साहित्यकार लिला लुइँटेल, सन्ध्या पहाडी, जयदेव भट्टराई, बिना श्रेष्ठ, मणि लोहनी, रेणु थापा सोलु, विमला निरौला, शान्ता बस्नेत लगायतले पर्यटन र साहित्यका सम्बन्धमा बोलेका थिए ।

Royal Enfield Island Ad

कार्यक्रममा कविहरू नारायण पोखरेल, मणि लोहनी, विजयभक्त उपाध्याय, यदु अधिकारी, सुरेन्द्र देवकोटा, गीता कार्की, कल्पना एलिशा ढुंगाना, प्रदीप रोदन, गीता मैनाली, शुष्मा आचार्य अंशु, कल्पना खरेललगायतले कविता वाचन गरेका थिए ।

काठमाडौंबाट गोरखा पुगेको साहित्यकारहरूको टोलीले ऐतिहासिक गोरखा दरबारको भ्रमण गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  २०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro