site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको भारतको ‘भाइब्रेन्ट गुजरात’को मिति सारियो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

नयाँ दिल्ली । यही जनवरी १० तारिखका लागि तय भएको ‘भाइब्रेन्ट गुजरात’को दशौँ वार्षिक सम्मेलनको मिति सारिएको छ । बढ्दो कोरोना संक्रमणका कारण मिति सारिएको जनाइएको छ ।

गुजरात सरकारले अब जनवरी १२ मा उक्त सम्मेलनको उद्घाटन गरिने जानकारी दिएको छ । सम्मेलनको उद्घाटन मिति दुई दिन पर सारिएको हो ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहित अरू पाँच देशका राष्ट्र/सरकार प्रमुखहरू र कुल २६ देशका प्रतिनिधि सहभागी हुने तय भएको सो भव्य सम्मेलन लामो समयदेखि चर्चामा रहँदै आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यसलाई विश्वकै प्रतिष्ठित ‘बिजनेस नेटवर्किङ’मध्येको एक ग्लोबल ‘फोरम’ मानिन्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

हरेक दुई वर्षमा आयोजना गरिने यो समारोहको सन् २०२२ को कार्यक्रम पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तयारी छ । समारोहमा नेपालका देउवा, रुसका प्रधानमन्त्री मिखेल मिस्हुस्तीन, मोजाम्बिकका राष्ट्रपति फिलिपे जेकिन्टो न्युसी, मरिसियसका प्रधानमन्त्री प्रभिन्द जुगनथ र स्लोभेनियाका प्रधानमन्त्री जेनेज जन्सा सहभागी हुने गुजरात सरकारले जनाएको छ ।

यससँग सहकार्य गर्ने अरू मुलुकहरूमा जर्मनी, फ्रान्स, इटाली, क्यानडा, अष्ट्रेलिया, जापान, रुस, बेलायत, यूएई, इजरायल, स्वीडेन, दक्षिण कोरिया, डेनमार्क र फिनल्यान्ड छन् ।

Royal Enfield Island Ad

विश्व नेताहरूका साथै सम्मेलनमा ग्लोबल बिजनेस टाइकुन, ठूलठूला लगानीकर्ता र कार्यकारी प्रमुखहरूले पनि भाग लिनेछन् । भारतका मुकेश अम्बानीदेखि टाटा ग्रुप, अद्नानी ग्रुपलगायत विभिन्न हाई प्रोफाइल अतिथिहरू उपस्थित हुने जनाइएको छ ।

यसअघि, गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले भनेका थिए, “हामीले १५ विदेशीमन्त्री, चार गभर्नर, राष्ट्र प्रमुखहरू र विभिन्न ग्लोबल ब्रान्डका कार्यकारी प्रमुखहरूको उपस्थिति पक्का गरिसकेका छौँ । त्यसैले भाइब्रेन्ट गुजरातको २०२२ को सम्मेलनले स्टेकहोल्डरहरूका लागि नयाँ बेन्चमार्क राख्ने अपेक्षा रहेको छ ।”

‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ प्रधानमन्त्री मोदीको नेतृत्वमा सुरु गरिएको ‘अवधारणात्मक समारोह’ हो ।

यसको मुख्य थिम ‘आत्मनिर्भर गुजरातबाट आत्मनिर्भर भारतसम्म’ भन्ने रहेको छ । विगत लामो समयदेखि गुजरात भारतको सबैभन्दा प्रगतिशील स्टेट रहँदै आएको हुँदा विश्व अर्थतन्त्रमा यसले पुर्‍याउने योगदानलाई विस्तार गर्ने अभिप्रायसहित विदेशी मुलुकहरूलाई पनि यसमा सहभागी गराइएको छ । यसमा विदेशी राष्ट्रहरूसँगको व्यावसायिक सहकारिता बढाउनेतर्फ केन्द्रित रहने गरिएको छ ।

उक्त फोरमले समावेशी सामाजिक आर्थिक वृद्धि विकासका लागि रणनीतिक सहकारिता आदानप्रदानको अवसर दिलाउँछ । साथै, व्यावसायिक ज्ञान र सीपबारे पनि छलफल गरिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro