अमेरिका । अमेरिकाको फ्लोरिडा राज्यको नेपल्स चिडियाखानामा सरसफाई गर्ने एकजना कामदारको एउटा पाखुरा खाइदिने बाघलाइ गोली हानी मारिएको छ । एको नाम दिइएको आठ वर्षिय मलायन बाघलाई चिडियाघरमा मान्छेको हात मुखमा च्यापेको अवस्थामा भेटाइएको थियो ।
त्यहाँका अधिकारीहरूले बाघको मुखबाट हात छुटाउन गरिएको कोसिस असफल भएपछि सुरक्षाकर्मीहरूले गोली हान्नुपरेको बताएका छन् । अधिकारीहरूले ती सरसफाइ गर्ने कर्मचारी निषेधित क्षेत्रमा गएर जनावरलाई खान खुवाउन खोजेको हुनुपर्ने बताएका छन् ।
गम्भीर घाइते भएका कामदारलाई हेलिकोप्टरमा राखेर अस्पताल पुर्याइएको छ ।
आगन्तुकहरूका लागि चिडियाघर बन्द भएपछि करिव २० वर्षिय ती कामदार बाघको खोर नजिक पुगेको र उनले खोरभित्र आफ्नो हात छिराएको हुनुपर्ने बताइएको छ ।
चिडियाघरका राखिएको वन्यजन्तुलाई छोएर माया गर्ने वा खाना खुवाउने जस्ता खतरनाक गतिविधि सख्त मनाही छ । उनलाई बाह्य कुनै रोजगार कम्पनीमार्फत त्यहाँ काममा राखिएको थियो । यस्ता कर्मचारीहरूलाई शौचालय र गिफ्ट सपबाहेक जनावरहरूका खोर सफा गर्ने अनुमति छैन । एजेन्सी ।