site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कारागारबाटै लागुऔषधको कारोबार ! लागुऔषधको गिरोह प्रहरी फन्दामा
फाइल तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रहरीले काठमाडौंबाट ठूलो परिणाममा लागुऔषधसहित १० जना बढीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुईजना महिला समेत छन् ।

स्रोतका अनुसार लागुऔषध नियन्त्रण व्युरोको टोली ६/७ हजार एम्पुल लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनीहरुलाई काठमाडौंको विमानस्थल क्षेत्र, चावहिल, मुलपानीलगायतका क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ । स्रोतका अनुसार सिन्धुली कारागारमा रहेका गुड्डु नामका एकजनाले लागुऔषध गिरोह सञ्चालन गरेको सूचनापछि प्रहरी अनुसन्धानमा सक्रिय थियो । गुड्डु १० वर्षअधि ब्राउन सुगरसहित पक्राउ परेर सिन्धुली कारागारमा सजाय काटिरहेका थिए ।

उनले भारतबाट लागुऔषध मगाउने र उनीसँगै कारागारमा रहेका अर्का व्यक्तिमार्फत काठमाडौंमा ‘सप्लाई’ हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Royal Enfield Island Ad

गुड्डुलाई हाल रौतहट कारागारमा सारिएको बताइएको छ । लागुऔषध नियन्त्रण व्युरोले पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro