काठमाडौं । सन् २०२१ को अन्त्य सम्ममा आफ्नो जनसंख्याको सम्पूर्ण अर्थात ९४ करोड वयष्कलाई कोरोना भाइरसविरुद्धको पूर्ण खोप दिइसक्ने लक्ष्य भारतले गुमाएको छ । पहिलो पटक यो लक्ष्यको घोषणा संघीय सरकारका मन्त्री प्रकाश जावादेकरले गत मे महिनामा गरेका थिए । उनले त्यतिबेला डिसेम्वर २०२१ सम्ममा भारतले खोप कार्यक्रममा पूर्णता पाइसक्ने भविष्यवाणी गरेका थिए ।
३० डिसेम्वर सम्ममा भारतका ६४ प्रतिशत वयष्क जनसंख्याले पूर्ण रुपमा खोप लगाएका छन् । त्यसैगरी ९० प्रतिशतले पहिलो डोज पाएका छन् ।
विशेषज्ञहरुले पूर्ण खोपको तोकिएको लक्ष हासिल गर्न लामो समय लाग्ने बताएका छन् ।
महामारी तथा स्वास्थ प्रणाली विशेषज्ञ डा. चन्द्रकान्त लहरियाले कुनै पनि तोकिएको समयमा १०० प्रतिशत खोप कार्य समपन्न गर्नु संभव नभएकाले सरकारले तय गरेको लक्ष अवास्तविक भएको प्रतिक्रिया व्यक्त गरेका छन् । उनका अनुसार सधैँ केहि मानिस विभिन्न कारणवश खोप लिन अस्वीकार गर्छन् ।
भारतमा अक्टोवरको मध्य भागदेखि पहिलो भन्दा बढि खोपको दोस्रो डोज दिइने गरिएको थियो ।