site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सीमा नाकाबाट एक युवतीको उद्धार, दुई भारतीय नागरिक नियन्त्रणमा
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

कञ्चनपुर । पश्चिमी सीमा नाका त्रिनगर (डोकेबजार) हुँदै भारततर्फ लैजाँदै गरेकी युवतीलाई सशस्त्र प्रहरीले आज उद्धार गरेको छ । कैलालीको लम्की चुहा नगरपालिका–१ थकालीपुर बस्ने १९ वर्षीया एक युवतीलाई प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेको अवस्थमा सीमा नाकामा तैनाथ सशस्त्र प्रहरीले उद्धार गरेको हो । 

भारतको राजस्थान बस्ने वर्ष २१ का अरूणकुमार र भारतको हरियाणा बस्ने वर्ष १८ का चिराग दुग्गलले युवतीलाई प्रलोभनमा पारेर भारततर्फ लाँदै गरेको अवस्थामा दुवैलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।

उद्धार गरिएकी र नियन्त्रणमा लिइएका दुई भारतीय नागरिकलाई आवश्यक कानुनी कारबाहीका लागि शान्ति पुनःस्थापन गृह त्रिनगर कैलालीमा बुझाइएको उनले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  २१:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय