site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङमा जेलर र सुरक्षाकर्मीसहित ९ जना पक्राउ
Siddhartha BankSiddhartha Bank

देउखुरी । दाङको घोराही कारागारबाट कैदी भागेको घटनामा जेलर र सुरक्षाकर्मीसहित ९ जना पक्राउ परेका छन् । बुधबार कारागारका नाइके यामराम परियार भागेपछि जेलर र सुरक्षाकर्मीलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुुमार थारू, प्रहरी जवान धनबहादुर चौधरी, विपासा चौधरी, समि चौधरी, सौरभ खनाल, भानुभक्त पाण्डे र थकाली होटलका सञ्चालक रहेका छन् ।

Agni Group
NIC Asia

उनीहरूलाई थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ । उपचारका लागि भन्दै काराबारबाट निस्किएका प्रहरी धनबहादुर चौधरी र कैदी परियार अस्पताल नगई होटलमा पुगेका थिए । थकाली होटलमा दुई महिलासहित पुगेका उनीहरूमध्ये परियारले प्रहरी जवान चौधरीलाई कोठामा थुनेर भागेका थिए । 

कारागार प्रशासन र सुरक्षा संयन्त्रको लापरवाहीका कारण कैदी भागेको भन्दै घटनामा संलग्नको आशंकामा उनीहरूलाई अनुसन्धानको दायरामा ल्याइएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  २२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu