देश
काठमाडौं । सरकारले अब निजी अस्पतालहरूबाट पनि काेभिड १९ विरुद्धको खाेप दिने भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमबार एक सूचना जारी गर्दै मेडिकल कलेज तथा निजी अस्पतालहरूबाट पनि १८ वर्षमाथिका नागरिकलाई खाेप दिइने जानकारी गराएकाे हाे ।
पचास बेड भन्दा बढी क्षमता भएका अस्पतालहरूले खाेप केन्द्र सञ्चालन गर्न पाउनेछन् । देशभरिका ५० बेडभन्दा बढी क्षमता भएका अस्पतालहरूबाट निशुल्क खाेप दिइनेछ ।
मन्त्रालयले आफूलाई पायक पर्ने अस्पतालबाट बिहान ९ बजेदेखि बेलुका ५ बजेस्म खोप लगाउन आग्रह गरेको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्ति :
प्रकाशित मिति: सोमबार, पुस १२, २०७८ २०:४५
प्रतिक्रिया दिनुहोस्