site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक महिनामा एक करोड ५० लाख बराबरको अवैध सामग्री बरामद
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाको अवधिमा करिब एक करोड ५० लाख रुपैयाँभन्दा बढी बराबरको अवैध मालसामान  बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी टोलीले अवैध रूपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो ।

 

प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अवैध रूपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले गत मंसिर १२ गते पर्साको प्रहरी प्रमुखको रूपमा कार्यभार सम्हालेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

 

गत मंसिर महिनामा एक करोड १३ लाख ७० हजार ९३७ रुपैयाँ र यही पुस महिनाको १० गतेसम्म ३४ लाख १७ हजार ८०० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री प्रहरीले बरामद गरी भन्सार पठाएको छ ।

Royal Enfield Island Ad

 

सोही अवधिमा स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

 

विभिन्न मुद्दामा फरार रहेका सात फरार प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको उनको भनाइ छ । सात फरार प्रतिवादीबाट जरिवानास्वरूप एक लाख ७५ हजार ५९९ संकलन गरिएको छ । प्रहरी उपरीक्षक बस्नेतले कर्तव्यनिष्ठ भएर जिम्मेवारी बहन गर्न सम्पूर्ण मातहतका युनिटलाई निर्देशनसमेत दिएका छन् । रासस

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  ०८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro