अर्थ व्यवसाय
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको सेयर स्वामित्व रहेको विद्युत् व्यापार कम्पनीलाई विद्युत् व्यापारको अनुमति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीलाई विद्युत् व्यापारको अनुमति दिएको ऊर्जामन्त्री पम्फा भुसालले जानकारी दिइन् ।
विद्युत् व्यापारका लागि निजी क्षेत्रले पनि अनुमति दिन माग गर्दै आएको छ । निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको अनुमति दिने नीति तर्जुमा गर्न लागिएको उनले बताइन् ।
उक्त कम्पनीमा विद्युत् प्राधिकरण र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको लगानी रहने उनले बताइन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८ १६:०८
प्रतिक्रिया दिनुहोस्