site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
सिल्क ग्रुप र नेपाल टेलिकम फाइनलमा
SkywellSkywell

काठमाडौं । सिल्क ग्रुप र नेपाल टेलिकमले काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टनको फाइनलमा स्थान बनाएका छन् । 

दशरथ रङ्गशालाको कभर्डहलमा जारी प्रतियोगितामा सिल्क ग्रुपले नेपाल बिद्युत प्राधिकरणलाई ३–१ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । 

Dabur Nepal
NIC Asia

सिल्क ग्रुपका विकास श्रेष्ठले बिद्युत प्राधिकरणका दीपक बोहरालाई २१–१८, २१–१७ ले तथा अनुमाया राईले बिद्युत प्रधिकरणकी शोभा गौचनलाई २१–१६, १८–२१, २१–१३ ले पराजित गरेका थिए । तेस्रो खेलमा बिद्युत प्रधिकरणका श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले सिल्क ग्रुपका सुबाश अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–११, २१–१४ ले पराजित गर्दै २–१ को अवस्थामा बनाए । 

त्यस्तै सिल्क ग्रुपका अनुमाया र ताशी शेर्पाको जोडीले बिद्युत प्रधिकरणका शोभा र यामकुमारी गुरुङको जोडीलाई २१–१३, २१–१९ले पराजित गर्दै ३–१ ले नतिजा आफ्नो पक्षमा पारे । 

नेपाल टेलिकमले  नेपाल आयल निगमलाई ३-२ ले हराउँदै सिल्क ग्रुपसँगको भेट पक्का गरेको हो । पहिलो खेलमा टेलिकमका रत्नजित तामाङ्गले आयल निगमका बिष्णु कटुवाललाई २१–७, २१–१०ले पराजित गरे ।  दोस्रो खेलमा आयल निगमकी रशिला महर्जनले टेलिकमकी सीमा राजबंशीलाई २१–१२, २१–८ ले पराजित गर्दै १–१ को बराबरी गरिन्  । तेस्रो खेलमा टेलिकमका सुरेन्द्रसिंह कार्की र हरिकृष्ण शर्माको जोडीले आयल निगमका लक्ष्मण बिश्वकर्मा र राम बिश्वकर्माको जोडीलाई २१–९, २१–८ ले पराजित गर्दै २–१ को स्थितिमा ल्याए ।  चौथो खेलमा आयल निगमका रशिला महर्जन र सर्मिला कटुवालको जोडीले टेलीकमका जे.टी.गुड्डी कार्की र सिमा राजबंशीको जोडीलाई २१–१२, १६–२१, २१–८ ले पराजित गर्दै खेललाई दुई दुईको अवस्थामा पुर्‍याए ।

पाँचौ तथा अन्तिम खेलमा टेलीकमका हरिकृष्ण शर्मा र रत्नजित तामाङको जोडीले आयल निगमका राम बिश्वकर्मा र बिष्णु कटुवालको जोडीमाथि २१–१८, २१–९ को जित निकाल्दै ३–२ को जित निकाल्यो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  २०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro