site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
नेपाल टेलिकम र सिल्क ग्रुप सेमिफाइनलमा
SkywellSkywell

काठमाडौं । नेपाल टेलिकमले बुधबार नेपाल बिद्युत प्राधिकरण र नेपाल राष्ट्र बैंकलाई हराउँदै काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ । 

नेपाल टेलिकमले अब फाइनल प्रवेशका लागि आईएमई ग्रुपसँग प्रतिस्पर्धा गर्नेछ । दुई खेलमा हारेको आईएमई उपाधिको होडबाट बाहिरिसकेको छ । 

Dabur Nepal
NIC Asia

प्रतियोगिताको पहिलो दिन राष्ट्र बैंकलाई ३–० ले हराएको टेलिकमका रत्नजितले बुधबार राष्ट्र बैंकका दिपेश धामीलाई २१–१५, २२–२४, २१–१७ को स्कोरमा पराजित गरे । टेलिकमकी सीमा राजबंशीले राष्ट्र बैंककै अमिता गिरीलाई २१–११, १२–२१, २१–१८ को स्कोरमा हराइन् । टेलिकमका सुरेन्द्रसिंह कार्की र राजेन्द्र श्रेष्ठको जोडीले राष्ट्र बैंकका रिसीकेश भट्ट र डिलाराम सुवेदीको जोडीलाई २१–१४, २१–१४ को स्कोरमा हराएको हो । 

टेलिकमले बिद्युत प्रधिकारणलाई ३–२ ले हराएको हो । टेलिकमका रत्नजितले बिद्युत प्रधिकारणका दीपक बोहरालाई २१–९, २१–११ को स्कोरमा हराएका थिए । बिद्युत प्रधिकरणकी शोभा गौचनले टेलिकमकी सिमा राजबंशीलाई २३–२१, २४–२२ को स्कोरमा हराइन् । तेस्रो खेलमा टेलिकमका शोभाकर भण्डारी र सुरेन्द्रसिंह कार्कीको जोडीले बिद्युत प्रधिकारणका टेकबहादुर बुढा र रत्न श्रेष्ठको जोडीलाई २१–१५, २१–१७ को स्कोरमा हराए । चौथो खेलमा बिद्युत प्राधिकरणका शोभा गौचन र यामकुमारी गुरुङ्गको जोडीले टेलिकमका जे.टी. गुड्डी कार्की र सिमा राजबंशीको जोडीलाई २१–१५, २४–२२ को स्कोरमा हराएउँदै २–२ को बराबरी गरे । निर्णायक खेलमा टेलिकमका कृष्ण शर्मा र रत्नजितको जोडीले विद्युत प्राधिकरणका दीपक बोहरा र राजु महर्जनको जोडीलाई २१–१९, २१–१० को स्कोरमा हराउँदै ३–२ को नतिजा निकाल्यो । जितसँगै टेलिकमले अन्तिम चारमा स्थान पक्का गरेको हो । 

सिल्क ग्रुपले कुमारी बैंक, कान्तिपुर पब्लिकेसन र नेपाल आयल निगमलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो दिन आयल निगममाथि ३–१ को जित निकालेको सिल्क ग्रुपले दोस्रो दिनको पहिलो खेलमा कान्तिपुर पब्लिकेसनलाई ३–२ ले हरायो । कान्तिपुरका साजनकृष्ण ताम्रकारले सिल्कका विकास श्रेष्ठलाई २१–१८, २१–१८ को स्कोरमा हराएका थिए । दोस्रो खेलमा सिल्ककी अनुमाया राईले कान्तिपुरकी सम्झना शर्मालाई २१–९, २१–१३ हराउँदै १–१ को बराबरी गरिन् । कान्तिपुरका प्रकाश बादु र ब्रिदेन सुब्बाको जोडीले सिल्कका सुबाश अधिकारी र रमेश शेर्पाको जोडीलाई १४–२१, २२–२०, २२–२० को स्कोरमा हराउँदै २–१ को अग्रता दिलाए । २–१ ले पछि परेको अवस्थमा सिल्कका अनुमाया राई र ताशी शेर्पाको जोडीले कान्तिपुरको रिमा गिरी र सम्झना शर्माको जोडीमाथि २१–४, २१–८ को स्कोरमा हराउँदै २–२ को बराबरी गरे । अन्तिम खेलमा सिल्कका रमेश शेर्पा र विकाश श्रेष्ठको जोडीले कान्तिपुरका ब्रिदेन सुब्बा र साजनकृष्ण ताम्राकारको जोडीलाई २१–१४, २१–१० को स्कोरमा हराउँदै ३–२ को नतिजा निकाले । 

सिल्कले अन्तिम खेलमा कुमारी बैंकलाई ३–१ ले हराएको हो । सिल्कका विकास श्रेष्ठले कुमारीका सुदीप सेढाईलाई २१–१५, २१–१० ले पराजित गरे । दोस्रो खेलमा अनुमाया राईले कुमारीकी सुनयना मुखियालाई २१–१०, २१–१६ ले हराइन् । तेस्रो खेलमा कुमारीका बिक्रम निरौला र निरज राईको जोडीले सिल्कका सुवास अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–१७, १०–२१, २१–१७ ले हराउँदै २–१ को अवस्थामा ल्याए । चौथो खेलमा सिल्क ग्रुपको अनुमाया राई र ताशी शेर्पाको जोडीले ११–२ को अग्रता लिएको अवस्थामा कुमारी बैंककी सुनयना मुखियाको घुडामा चोट लागेपछि खेललाई त्याग्न बाध्य भइन् । त्यसपछि सिल्कले खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  २०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro