site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शिक्षण संस्थाको अनुगमन गर्न उपसमिति गठन
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्चस्तरीय मूल्याङ्कन तथा अनुगमन समितिले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थाको स्थलगत अनुगमन/निरीक्षण गरी ठोस रायसहितको प्रतिवेदन पेश गर्न पाँच सदस्यीय विशेष उपसमिति गठन गरेको छ ।

‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिक २०५९’ बमोजिम समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल अध्यक्ष रहनुभएको उक्त समितिले रायसहितको प्रतिवेदन पेश गर्न उपसमितिलाई १५ दिनको समय सीमा तोकेको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मन्त्रालयबाट अनुमति लिई विदेशी विश्वविद्यालय र शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालनमा रहेका शिक्षण संस्थाको सञ्चालन अनुमति नविकरण गर्ने सम्बन्धमा कोभिड–१९ लगायत कारणले स्थलगत निरीक्षण/अनुगमन हुन सकेको थिएन । सोही कारण विद्यार्थी एवं सरोकारवाला पक्षमा पर्न गएको अन्यौलता सम्बोधन गर्न आज मन्त्री पौडेलकै अध्यक्षतामा उच्चस्तरीक्ष मूल्याङ्कन तथा अनुगमन समितिको बैठक बसी उक्त निर्णय गरिएको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  २२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय