site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
फाइल तस्बिर ।

मकवानपुर । हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले उक्त सडकअन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकाले सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।

सडक स्तरोन्नतिका निम्ति कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।

उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको जिल्ला प्रहरी  कार्यालय मकवानपुरले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro