अर्थ व्यवसाय
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बर्दियाको गुलरियामा सम्पूर्ण सुविधा सम्पन्न नयाँ सोरुम ‘ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड’ को उद्घाटन गरेको छ ।
बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्ट्स देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा पनि सोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।
नयाँ सोरुमले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने जनाएको छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीको दाबी छ ।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८ १७:०१
प्रतिक्रिया दिनुहोस्