site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
फोनपेको ‘सुपर यात्रा’ अफर : निःशुल्क हवाई टिकटदेखि तीन सयसम्म छुट

काठमाडौं । डिजिटल भुक्तानी नेटवर्क फोनपेले ‘सुपर यात्रा’ अभियान घोषणा गरेको छ । दसैंतिहारको अवसरमा हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कारसहित अफर योजना घोषणा गरेको हो ।

‘सुपर यात्रा’ अभियानअन्तर्गत नयाँ प्रयोगकर्ताले पहिलो हवाई टिकट बुकिङमा तीन सय रुपैयाँ क्यासब्याक प्राप्त गर्ने भएका छन् ।

Dabur Nepal
NIC Asia

यस्तै प्रयोगकर्ताले दुई सय रुपैयाँ क्यासब्याक पाउने भएका छन् । यसबाहेक फोनपेले अतिरिक्त रोचक गिफ्टको पनि घोषणा गरेको छ । जसमा एक विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्ने भएका छन् ।

हरेक हप्ता पाँचजना विजेताले स्मार्टवाच जित्ने कम्पनीले जनाएको छ ।

दसैंतिहारमा बढ्दो मागलाई लक्षित गर्दै नगदरहित अनुभव प्रदान गर्न एयरलाइन्स र यात्रा प्लेटफर्मको सहकार्यमा अफर ल्याएको कम्पनीले जनाएको छ ।

‘सुपर यात्रा’ अभियानमार्फत आफ्ना ग्राहकहरूलाई सस्तो र सुविधाजनक यात्रा विकल्प प्रदान चाहेको फोनपेका सीएसओ सुभोद शर्माले बताएका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro