site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मितेरी सहकारीबाट ज्योति गुरूङले संस्थालाई थाहा नदिई सदस्यबाट उठाएकी थिइन् १२ करोड ९४ लाख 

काठमाडौं । मितेरी बचत तथा ऋण सहकारीमा लेखांकन नगरी तत्कालीन महाप्रबन्धक ज्योति गुरूङले बचतकर्ताहरूबाट १२ करोड ९४ लाख ८९ हजार रुपैयाँ उठाएको पाइएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन अनुसार गुरूङले एक व्यक्तिबाट ६९ लाखसम्म लिएको खुलेको छ ।

ज्योतिलाई विश्वास गरेर हर्कराज रोकाले ६९ लाख तीन हजार, कमला गुरुङले ४५ लाख २० हजार, एश बहादुर राईले ४५ लाख २० हजार, चेनमायाँ गुरूङले ४१ लाख सात हजार, दिनेश शर्माले ३२ लाख ५० हजार र जितबहादुर थापाले २८ लाख ७० हजार रुपैयाँ बचतबापतको रकम दिएका छन् ।

यी बचतकर्ताबाट लिएको रकमका बारेमा गुरूङले संस्थालाई जानकारी समेत नदिएको र रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त बचतको हालसम्मको जम्मा रकम समेत गरी १४ करोड ८१ लाख बराबरको रकम सम्बन्धमा आवश्यक छानबिन गरी प्रचलित कानुन बमोजिम कारबाही अगाडि बढाउन समितिले सरकारलाई निर्देशन दिएको छ ।

ज्योति गुरुङ पूर्वकानुनमन्त्री धनराज गुरूङकी श्रीमती हुन् । धनराज अहिले विवादमा छन् । यो रकमको संस्थामा लेखांकन नभएको प्रतिवेदनमा उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro