काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत उपसभापति पदको मतगणना आज गरिँदै छ ।
अहिले साँझ करिब साढे ५ बजदेखि मतगणना सुरु गरिने कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
“सम्पूर्ण तयारी पूरा भयो । अबको लगभग आधा घण्टापछि मतगणना सुरु गर्छौँ,” उनले बाह्रखरीसित भने ।
निर्वाचन समितिका अनुसार आज उपसभापतिको मात्र मतगणना गरिनेछ । महामन्त्री पदको मतगणना भोलि गर्ने तयारी छ ।
पदाधिकारीको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ । मतपेटिकाहरू यसअघि नै सानेपा लगिएको छ ।
उपसभापतिका लागि सातजना प्रतिष्पर्धामा छन् । त्यसमध्ये दुईजना निर्वाचित हुनेछन् ।
नेताहरू विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, सुजाता कोइराला, महेश आचार्य, चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह प्रतिष्पर्धामा छन् ।