राजनीति
![एमाले संसदीय दलको बैठक बस्दै, रणनीति बनाउँदै](https://12khari.top/uploads/posts/amale-logo11635314634.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । एमालेले संसद्मा प्रस्तुत हुने रणनीति तय गर्न लागेको हो ।
एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गराउनुपर्ने माग गर्दै संसद्को अघिल्लो अधिवेशनका बैठक अवरुद्ध गरेको थियो । आज पनि अवरोध गर्ने तयारी रहेको नेताहरू बताउँछन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८ ११:१४
प्रतिक्रिया दिनुहोस्