site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ढकालबारे उपसभापति अर्याल : पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पार्टीको अनुशासनबाट बाहिर जानेलाई कारबाही हुने बताएका छन् । 

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँँग कुरा गर्दै उनले पार्टी महामन्त्री डा. मुकुल ढकालबारे राखेको जिज्ञासामा यस्तो प्रतिक्रिया दिएका हुन् । उनले अहिले केही पनि नभएको र महामन्त्रीलाई दिएको जिम्मेवारी पार्टी सभापति रवि लामिछानेलाई बुझाएको भन्दै बुधबार बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले सो बारेमा निर्णय लिने स्पष्ट पारे । बैठकमा महामन्त्री ढकालले बुझाएको प्रतिवेदनबारे छलफल हुने बताउँदै पार्टीको अनुशासनबाट बाहिर गएर काम गर्ने जो कसैलाई पनि कारबाही हुने बताए । 

"केही भएको छैन, उहाँलाई एउटा जिम्मेवारी दिइएको थियो । त्यो जिम्मेवारी पूरा गरेर फर्किनुभएको होला । त्यसकारणले पार्टी सभापतिज्यूलाई बुझाउनुभएको छ । हामी बैठक बस्दै छौँ । बैठकबाट के गर्नुपर्ने हो, त्यो गर्छौं । पार्टीको अनुशासनबाट कोही बाहिर जान्छ भने कारबाही हुनसक्छ, त्यो मलाई पनि, उहाँलाई पनि, सभापतिलाई पनि सबैलाई लागु हुनेकुरा हो । हामीले प्रतिवेदन पढेका छैनौँ । पार्टी सभापति र लेख्ने मान्छेलाई मात्रै थाहा छ । त्यो हेरिसकेपछि मात्रै, छलफल गरिसकेपछि आफ्नो धारणा बनाउँछौँ," उनले भने । 

उनले प्रतिवेदन अध्ययन गरेपछि मात्रै आफ्नो धारणा बनाउने बताए ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro