राजनीति
![मतगणनास्थलमा सीसी क्यामेरा जडान गरियाे](https://12khari.top/uploads/posts/ww1639423049.jpg)
काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु हुन लागेको मतगणनालाई पारदर्शी बनाउन सीसी क्यामेरा जडान गरिएको छ ।
मतगणनास्थलमा सीसी क्यामेरा जडान गरिएको छ । मतगणास्थलमा पाँचवटा सीसी क्यामेरा जडान गरिएकाे निर्वाचन समितिले जनाएको छ ।
मतदान कार्यक्रम सकिएपछि मतगणा सुरु हुन लागेको छ । सुरुमा सभापतिको मतगणना गरिनेछ ।
चार हजार ७४३ मतदाता रहेकोमा चार ६७९ मत खसेको छ ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
मतगणनास्थलमा सुरक्षाव्यस्था कडा पारिएको छ । केही समय अगाडि गृहमन्त्री बालकृष्ण खाँड मतदानस्थलको नीरिक्षण गरेर फर्किएका थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८ ०१:०२
प्रतिक्रिया दिनुहोस्