अर्थ व्यवसाय
काठमाडौं । एनएमबि बैंकले भिडियो कलमार्फत अनलाइन खाता खोल्न डिजिटल सेवामार्फत केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सकिने योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ओम्नि च्यानल (मोबाइल, इन्टरनेट बैंकिङ) मार्फत गरिने पहिलो कारोबारमा २ हजार ५ सय वा १० प्रतिशत सम्म छुट पाइने पनि बैंकले जनाएको छ ।
बैंकले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने जनाएको छ । बैंक नेपाली बैंकिङ जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रूपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक भएको जनाएको छ ।
बैंक हालै एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको थियो । ।
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८ १८:१५
प्रतिक्रिया दिनुहोस्