site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजारमा ८८.७० अंकको गिरावट : २३६१ बिन्दुमा झर्‍यो नेप्से
SkywellSkywell

काठमाडौं । मौद्रिक नीति समीक्षापछि सेयर बजार घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । सातको पहिलो कारोबार दिन आइबार सेयर बजार परिसूचक नेप्सेमा ८८.७० अंक गिरावट हुँदा  २३६१.२७ अंकको  बिन्दुमा बन्द भएको छ ।

साउन अन्तिममा नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गरेपछि  घट्न सुरु भएको  नेप्से  त्यसयता साढे ३ महिनामा नेप्सेमा करिब ८४० अंकको  गिरावट भएको छ । भदौ २ गते ३१९९ अंकको  ऐतिहाँसिक उचाई कायम गरेको नेप्से मौद्रिक नीति सार्वजनिकपछि क्रमशM घटेर  कार्तिक २ गते २५१० अंकसम्म झर्यो ।

Dabur Nepal
NIC Asia

त्यसपछि केही सम्हालिएको नेप्से  दुई साता अगाडि राष्ट्र बैंकको मौद्रिक नीति समीक्षपछि ४०० अंकभन्दा माथिको गिरावट भइसकेको छ । मुद्रा बजारको नियामक निकायले गर्ने समीक्षाबाट धितोपत्र बजार प्रभावित भइरहेको छ भने तयसैलाई लिएर  ठूला भनिएको लगानीकर्तामा देखिएको स्वार्थको इगोमा हुँदा साना र नवप्रवेशी लगानीकर्ता मारमा परेका छन् ।

आज बजार परिसूचकसँगै सबै  उपसूचकमा  पनि गिरावट भएको छ । व्यापार उपसूचकमा सवार्धिक ७.४५ प्रतिशतको गिरावट हुँदा विकास बैंक उपसूचक ६.४१ प्रतिशत र बैंकिङ उपसूचक २.६६ प्रतिशतले गिरावट भएको छ । वित्त कम्पनी, हाइड्रोपावर र निर्जीवन बिमा उपसूचकमा पनि साढे ४ प्रतिशतभन्दा माथिको गिरावट भएको छ ।

नेप्सेमा गिरावट भए पनि पछिल्लो  दुई दिन तीन अर्बबाट पनि तल झरेको कारोबार रकम आज भने बढेर ३ अर्बमाथि पुगेको छ । आज नेप्सेमा  ७४ लाख ६० हजार ८७४ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब  ३८ करोड  २५ लाख दश हजारको कारोबार भएको छ ।

आज कारोबार रकममा  बम्पर लाभांश प्रस्ताव गरेको मञ्जुश्री फाइनान्सले लिड गरेको छ ।  कम्पनीको ३१ करोडको कारोबार हुँदा नेशनल हाइड्रोपावरको १३ करोड ६४ लाख, नबिल बैंकको १ करोड ५९ लाख, महालक्ष्मी विकास बैंकको  ८ करोड र अपी पावरको  ७ करोडको कारोबार भएको छ ।

आज बजारमा  ५ वटा कम्पनीको सेयरमुलयमा सामान्य वृद्धि हुँदा अधिकांश कम्पनीको  सेयरमूल्य घटेको छ । स्वाभिमान लघुवित्त र युनिलिभर नेपालको सेयरमुल्य २ प्रतिशत, नारायणी विकास बैंकको  १.४६ प्रतिशत, मञ्जुश्री फाइनान्सको  १.१५ प्रतिशत  र सपोर्ट माइक्रोफाइनान्सको  सेयरमूल्य ०.३२ प्रतिशतले बढेको छ ।

यता नयाँ सारथी लघुवित्तको सेयर मूल्य घटेर सर्किट लेभलमा बन्द हुँदा जानकी फाइनान्सको ९.१७ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro