site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कन्ट्रोभर्सीबाट चलचित्र चलाउन चाहन्नँ : स्वस्तिमा (भिडियो वार्ता)
तस्बिर : सुनील प्रधान, भिडियो : सचिन श्रेष्ठ/बाह्रखरी ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । पहिलो चलचित्र ‘होस्टेल रिर्टन्स’बाट क्युट छवि बनाएकी अभिनेत्री स्वस्तिमा खड्काले त्यसपछिका चलचित्रमा पनि त्यस्तै रोल पाइन् । तर, ‘बुलबुल’बाट भने फरक रूपमा उदाइन् । एक अभिनेत्रीको रूपमा ग्लामरस टिपिकल लुक भएको पात्रबाट बाहिर आएर केही फरक गर्न रुचाउने स्वस्तिमालाई बुलबुलले त्यो मौका दियो ।

‘बुलबुल’मा स्वस्तिमाको जीवन्त अभिनयको तारिफ मात्रै भएन, उनले उक्त चलचित्रबाट राष्ट्रिय अवार्ड पनि पाइन् ।

बुलबुलपश्चात् उनलाई दर्शक र निर्देशकहरूले हेर्ने नजर नै परिवर्तन भयो । सो चलचित्रपछि आफ्नो ‘वेट’ नै बढेको महसुस उनले गरेकी छन् ।

Agni Group
NIC Asia

बुलबुलअघि आफ्नो पात्रबारे मेकरसँग जिज्ञासा राख्दा स्वस्तिमाले ‘तिमी जस्तो छौ त्यस्तै पात्र त हो नि’ भन्ने जवाफ पाउँथिन् ।

Global Ime bank

“नेपाली फिल्म इन्डष्ट्रिमा एक अभिनेत्री भएपछि कुनै फरक पात्र गर्छु, फरक लुकमा काम गर्छु भन्दा एकदमै बन्देज छ । अभिनेत्री भनेको यस्तो हुनुपर्छ भन्ने परिधि छ र त्योभन्दा बाहिर जान हामीलाई गाह्रो नै छ,” अभिनेत्री स्वस्तिमा खड्का भन्छिन् ।

रिलिजको तयारीमा रहेको ‘चपली हाइट ३’ र ‘चिसो मान्छे’मा आफूले अहिलेसम्म नगरेको र फरक भूमिका निभएको उनी बताउँछिन् । यस चलचित्रमार्फत उनले पहिलोपटक ‘हरर’ जनराको चलचित्रमा काम गरेकी हुन् । लभस्टोरी, पारिवारिक ड्रामा भन्दा फरक चलचित्रमा काम गर्न पाएकोमा उनी खुसी छिन् ।

पात्रलाई जीवन्त बनाउन त्यसको सानोदेखि सानो कुरामा पनि ध्यान दिनुपर्ने स्वस्तिमा बताउँछिन् ।

कन्ट्रोभर्सीबाट चलचित्र चलाउन चाहन्नँ
‘चपली हाइट ३’ को रिलिज मिति नजिकिँदै जाँदा स्वस्तिमा र निर्माता अर्जुनकुमारबीच चिसोपन बढेको विषय बाहिरियो । स्वस्तिमा त्यस्ता विषयमा केही नबोल्ने बताउँछिन् ।

“मलाई के लाग्छ भने कुनै पनि काम कन्ट्रोभर्सीले मात्र पनि चल्दैन । अर्को कुरा भनेको मेकर्सहरूको चलचित्रलाई कसरी प्रोमोट गर्ने भन्ने आ–आफ्नो तरिका हुन्छ । कसैलाई कन्ट्रोभर्सी गरेर प्रोमोट गर्ने मन हुन्छ । कसैलाई राम्रो ट्रेलर बनाएर प्रोमोट गरौँ भन्ने हुन्छ । तर, म त्यतातिर जान चाहन्नँ,” स्वस्तिमा भन्छिन्, “चपली हाइट–३ का निर्माता र अभिनेत्रीबीच कन्ट्रोभर्सी रहेछ भन्ने त्यो कुराबाट ट्रेलर हेर्ने वा हलसम्म चलचित्र हेर्न आऊन् भन्ने म चाहन्नँ ।”

हेर्दिनन् आफ्नै चलचित्र 
आफ्ना चलचित्र मात्रै नभएर आफूले काम गरेका म्युजिक भिडियोहरू पनि सुरुमै हेर्ने नगरेको उनी बताउँछिन् । “त्यो हेरेपछि मलाई मैले अझै राम्रो गर्न सक्थेँ नि, मैले यहाँ यसो गर्नुपर्ने रहेछ नि भन्नेजस्तो लाग्छ । त्यो कुराले मलाई दुई/तीन दिनसम्म प्रेसर हुन्छ । तर, हेर्दै नहेर्ने पनि होइन । जस्तै– रिलिज हुनेबित्तिकै भन्दा पनि पछि भने हेर्छु म ।”

चलचित्र उद्योगमा अनावश्यक बहस 
नेपाली चलचित्र उद्योगमा धेरै सुनिने बहस वा फिल्ममेकरको गुनासो भनेकै हलवालहरूले विदेशी चलचित्रलाई प्राथमिकता दिए भन्ने हो । चपली हाइट–३ र दक्षिण भारतीय चलचित्र ‘पुष्पा’ यहाँका हलमा एउटै मितिमा प्रदर्शन हुने भनिएपछि यसका निर्माता आक्रोशित छन् ।

यो विषयमा अनावश्यक बहस भएको उनको बुझाइ छ । “हामी कसरी राम्रो चलचित्र बनाउने, दर्शकलाई हामीले राम्रो चलचित्र बनाउँछौँ है भनेर प्रमाणित गर्ने, दर्शकलाई कसरी हलसम्म ल्याउने भन्ने मुद्दामा भन्दा पनि हलिउड अनि बलिउड चलचित्र आए भने रिलिज मिति सार्ने कि भन्दै त्यही बहसमा नै छौँ । जुन मेरो हिसाबमा अनावश्यक छ ।”

तर, स्वस्तिमा यो पनि स्वीकार गर्छिन् कि विदेशी चलचित्र ल्याइँदा नेपाली चलचित्रलाई असर भने गर्छ । “विदेशी चलचित्र ल्याएपछि हाम्रो चलचित्रले शो कम पाउँछ । दर्शकले समयको च्वाइस पाउनु हुन्न र पहिलो प्राथमिकता विदेशी चलचित्रलाई नै दिनुहुन्छ ।”

कोरोनाकालपछि नेपाली चलचित्र क्षेत्र विस्तारै चलायमान भइरहेकोमा उनी उत्साही र आशावादी छिन् ।

स्टारकास्टले चलचित्रको सफलता तय गर्दैन
कुनै चलचित्र चल्छ/चल्दैन भन्ने कुरा स्टारकास्टले तय नगर्ने स्वस्तिमाको धारणा छ । दर्शकलाई हलसम्म तान्नका लागि चलचित्रको कथा र स्क्रिप्ट नै राम्रो हुनुपर्ने उनी बताउँछिन् ।

“विगतका केही अनुभवहरू हेर्दा पनि हामीले देखेका छौँ कि नाम चलेको स्टारको चलचित्र पनि फ्लप भएका छन् भने कति नयाँ अनुहारको चलचित्र पनि ‘वर्ड अफ माउथ’ले तानेको देखिन्छ । त्यसैले चलचित्रको सफलता त्यसको स्टारकास्टले भन्दा पनि कथाले नै तय गर्छ जस्तो मलाई लाग्छ,” उनी भन्छिन् ।

हलसम्म जाने दर्शक हुनु हुन्न !
उनको अभिनय रहेको चलचित्र ‘हजार जुनीसम्म’ र ‘घामड शेरे’ हालै युट्युबमा रिलिज भएको छ । युट्युबमा आएको छोटो समयमा नै मिलियन भ्युज पाइसकेका छन् भने कमेन्ट पनि सकारात्मक नै छन् ।

नेपाली चलचित्रहरू हल प्रदर्शनमा फ्लप भए पनि युट्युबमा भने लाखौँ भ्युज पाएको देखिन्छ । कारण, नेपालमा हलमा गएर चलचित्र हेर्ने कल्चरको विकास नभएको उनको बुझाइ छ ।

“नेपाली फिल्म हेर्ने अडियन्स हुनुहुन्छ, तर हलसम्म आउने अडियन्सचाहिँ हुनु हुन्न भन्ने फिल भएको छ, उनी भन्छिन्, “छिमेकी राष्ट्रमा जस्तो शुक्रबार सपरिवार हलमा चलचित्र हेर्न जाने कल्चर अझै बसेको रहेनछ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय