site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको प्रश्न : सरकारमा मात्रै हो कि देश बनाउन पनि सँगै जाने हो ?
तस्बिर : अभिषेक महर्जन

 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दलहरूलाई नेपाली कांग्रेसले हात छाडे आफ्नो हालत के होला भन्दै चिन्ता गर्ने गरेको भनी कटाक्ष गरेका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उनले कांग्रेससँगै जानुपर्ने सुन्दै आएको भन्दै सरकारमा मात्रै कि देश बनाउन पनि सँगै जाने भनी प्रश्न गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

“केही साना दललाई कांग्रेसले औँलो समाउन देन भने के होला भन्ने पिर छ । सधैँ सुन्छु सधैँ जानुपर्छ । सरकारमा मात्रै हो कि देश बनाउन सँगै जाने हो ? देश बनाउन जाने कुरामा कांग्रेसको साथमा नै छ नेकपा एमाले,” उनले भने ।

गठबन्धनमा रहेका दलहरूले चुनावसम्म सहकार्य गर्नुपर्ने बताइरहेका छन् । 

Global Ime bank

उनले सकारबाट हट्नुपर्ला भन्ने कतिपयलाई चिन्ता होला भन्ने कटाक्ष पनि गरे । 

“सरकारबाट हट्नुपर्ला कि भन्ने चिन्ता होला । नेकपा एमाले एक्लै हिँड्ने रहर पनि गर्दैन , ” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय