site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फेसबुकमा भाइरल हुन छाउरोको निर्मम हत्या ! तीनजना पक्राउ

काठमाडौं । तीन दिनअघि जेठ ३२ मा सामाजिक सञ्जाल फेसबुकमार्फत् एउटा कुकुरको छाउरोको हत्या गरी खाल्डोमा पुरेको भिडियो भाइरल भयो । तीनजना युवाहरुले लाठी प्रहार गरी निर्ममतापूर्वक हत्या गरी खाल्डोमा पुरेको उक्त भिडियो ‘भुतप्रेत’ नामक फेसबुक मार्फत भाइरल भएको थियो ।

उक्त भिडियो भाइरल भएपछि कुकुरको छाउरोलाई हत्या गर्नेमाथि कारबाही गर्न प्रहरीमाथि दबाब बढ्यो । कुकुरको संरक्षणका लागि लामो समयदेखि अभियान नै चलाएका स्नेहा केयर संस्थाका प्रतिनिधिले कुकुरको छाउरोको हत्या गर्ने माथि कारबाहीका लागि प्रहरीलाई दबाब दिए ।

प्रहरीको अनुसन्धानका क्रममा कुकुरको छाउरोको हत्या गर्दै गरेको भिडियो इलामको रहेको खुल्यो । 

Dabur Nepal

भिडियो इलामको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी प्रभु ढकालले कुकुर मार्ने समूह र फेसबुकमार्फत पोष्ट गरेर भाइरल बनाउने युवाहरुको खोजीका लागि प्रहरी परिचालन गरे ।

भिडियो पोष्ट भएको तीन दिनपछि भने कुकुरको छाउरोलाई मार्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कुकुरको छाउरो हत्यामा संलग्न इलाम देउमाई नगरपालिका–९ जितपुरका २१ वर्षीय दिक्षान्त मोरोहाङ लिम्बु, संगम लिम्बु र अशोक लिम्बुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि पशुपंक्षी सम्बन्धी कसुरमा अनुसन्धान सुरु भएको एसपी ढकालले जानकारी दिए । 

प्रहरीको प्रारम्भीक अनुसन्धानका क्रममा पक्राउ परेका तीन जनामध्येकै युवाहरुले भिडियो पोष्ट गरेको खुलेको छ ।

एसपी ढकालका अनुसार तीनजना युवाहरुमध्ये नै कसैले कुकुरको छाउरो मार्दाको भिडियो खिचेको र भाइरल हुन उक्त भिडियो पनि उनीहरुले नै सामाजिक सञ्जालमा राखेको अनुसन्धानका क्रममा पाइएको छ ।

मुलुकी अपराध संहिता २०७५ अनुसार पुशपंक्षीलाई निर्ममता पूर्वक हत्या गर्नेलाई कानुनी सजायको व्यवस्था गरेको छ । यस्ता व्यक्तिलाई तीन महिना जेल सजाय र पाँच हजार जरिवाना हुने उल्लेख गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro