site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीपी कोइरालाको आर्थिक विचारले बदलेको नेपाल 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

नेपालमा धेरै राजनैतिक परिवर्तनहरु भए । २००७ सालदेखि आजका दिनसम्म आउँदा राजनीतिक रुपमा धेरै परिवर्तन भए ।

जुन रुपमा राजनीतिक परिवर्तन भए तर त्यसअनुरुप आर्थिक मुद्दा भने अगाडि बढ्न सकेनन् । प्रजातन्त्रदेखि बहुदलीय गणतन्त्रात्मक राज्य स्थापना हुँदासम्म कुन रुपमा विकास भयो ?

बीपी कोइरालाले उतिबेला भनेका कुराहरु अहिले पनि सान्दर्भिक छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

बीपीले भनेका छन्–राजनीति पेशा होइन, सेवा गर्ने माध्यम हो । हाल नेपालमा यस्तो किसिमको राजनीति छैन । बीपीको सिद्धान्तअन्तर्गत गरिखाने अभियान सञ्चालन भयो । 

यसलाई नेपाली कांग्रेसको आर्थिक दस्तावेजको रुपमा लिन्छौँ । गरिखाने अभियानको मर्म भनेको राजनीतिक कार्यकर्ता आफ्नो खुट्टामा उभिउन्, राजनीतिक प्रचारका लागि दुईलिटर तेल मोटरसाइकलमा हाल्न नपरोस् भन्ने हो । जबसम्म त्यस प्रकारका कार्यकर्ताहरु जन्मिदैनन् तबसम्म कार्यकर्ताहरुले सही नेताहरु जन्माउँदैनन् । यो एउटा समस्या आजसम्म पनि विद्यमान छ । बीपीले त्यही बेलामा परिकल्पना गरेका थिए ।

Royal Enfield Island Ad

बीपीले समाजवादलाई जनताहरुको आर्थिक उन्नतिसँग जोड्ने कुरा गरेका थिए । जुन आज भोगिरहेका छौँ । समाजवाद भनेको होचोलाई अग्लो बनाएर समाजवाद हुने कुरा होइन । सफललाई झन् सफल र असफललाई झन् असफल बनाउने वातावरण सिर्जना भएको छ, नेपालमा ।

हिजोसम्म सफल भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योजनाहरु किन असफल भए ? त्यही गल्तीलाई पछ्याउन हामी कसरी तल्लिन छौँ । अब गल्तीहरु नदोहोर्‍याउन कस्ता नीति तर्जूमा गरिरहेका छौँ ?  

सन्तुलित आयको वितरणको सिद्धान्त बमोजिम अघि बढौँ । बीपीको सिद्धान्त बमोजिम लगानीसँग कुनै आग्रह र पूर्वाग्रह रहेन । नेपालको सबैभन्दा ठूलो स्रोत कृषि र श्रम हो । 

यस्ता किसिमका अत्यधिक सम्भावनाहरु बीपीले देखेका थिए । आर्थिक क्रियाकलापहरु बढाउने सिद्धान्तहरु प्रतिपादन गरेका थिए ।

बीपीले प्रतिपादन गरेका सिद्धान्तहरु विस्तारै अधुरा रहँदै आए । ०३६ देखि ०४६ को बीचमा ‘इम्पोर्ट सप्सिच्युसन’ले नेपालमा जरा गाड्यो । मोरङ जुटमिल, चिनी कारखानादेखि यी सबै चिजहरु हामी नेपालमै बनाउँछौँ भन्ने मानसिकताको विकास भयो । 

त्यसबेला मुलुकले अर्को टर्निङ प्वाइन्ट लियो । हामी दुईवटा फ्याक्ट्रिज अफ् दी वर्ल्डको बीचमा बसेका छौँ, भारत र चीन । वस्तुको उत्पादन सबैभन्दा बढी आयआर्जनको स्रोत नहुन सक्छ भन्ने प्रष्ट हुन्छ ।

२०४८ सालपछि नेपाली कांग्रेसको सरकारले ल्याएको नीतिले कृषिमाथिको निर्भरतालाई घटाएको थियो । 

निजी संघ संस्थाहरु मेडिकल कलेजहरु, इन्जिनियरिङ कलेजहरु, नयाँ नयाँ युनिभर्सिटीहरु खुले । नेपाली कांग्रेसको सरकारबाट विभिन्न अन्य सरकारले लिएका मोडलहरु प्रष्ट पार्न खोजिरहेको छु ।

बीपीले त्यसबेला बोकेको सपना कति सत्तामा लागु भयो ? अहिले पनि नेता र जनताहरु त्यही ठाउँमा छैनन् । नेताहरुले अहिलेसम्म आफ्नो खुट्टामा उभिएका कार्यकर्ताहरु जन्माउन सकेका छैनौँ ।

अहिले हामी ठूलो पार्टीको महाधिवेशनको संघारमा छौँ । तर समस्या आर्थिक सामाजिक नीति कार्यान्वयन नगर्नुमा छ । 

कहाँ हामी चुक्यौैँ, कुन बाटोमा छौँ, भन्ने कुरा हामीले बिर्सिइसक्यौँ । अहिले पनि विभिन्न राजनीतिक पार्टीको धारणा, आर्थिक समृद्धिका नीतिहरु प्रभावकारी छैनन् ।

आर्थिक क्षेत्र राजनितिक पार्टीहरुको प्राथमिकतामा पर्दै पर्दैन । खाली बजेट पेस गर्ने बेलामा मात्रै पर्छ । म आफैँ पनि दुईपटक प्रतिनिधि सभामा सहभागी भइसकेको छु । अहिलेसम्म कुनै पनि नेताले मसँग अर्थतन्त्रबारे परामर्श गरेको रेकर्ड छैन ।

कुनै गैर सरकारी क्षेत्रले लगानी गर्न खोज्यो भने सातवटा मन्त्रालयहरुले हेर्ने नजर फरक पर्न जान्छ । 

त्यसलाई सहजीकरण गर्नुको सट्टा त्यसलाई अप्ठेरो पार्न तत्पर रहन्छन् हाम्रा मन्त्रालयहरु । नेताहरुले राजनीतिलाई भोटका आधारमा तुलना गर्छन् । 

बीपीले नेपालीहरु विदेशिन थाले भने नेपालको विकास हुँदैन भनेका रहेछन् । बीपीले बोलेका कुराहरु आजसम्म पनि सत्य सावित भएका छन् ।

अहिले वार्षिक करिब पाँच लाख युवाहरु रोजगारीको खोजीमा हुन्छन् । निजी क्षेत्र र सरकारले वार्षिक ५० हजार जनालाई मात्रै रोजगार दिन सक्छ, बाँकी साढे चार लाख नेपाली खाडीमा जान्छन् । जस्तोसुकै रोजगारीको कुरा गरे पनि विदेशिने क्रम बढ्दै गएको छ । अन्य जनताहरु गरिखाने नभए पनि कार्यकर्ताहरु त गरिखाने हुनुपर्छ ।

मानिसहरुको बाहिर जाने जमात ठूलो छ । ती मानिसहरुलाई पुँजीले समायोजन गरिदियो भने लोकल कम्युनिटीको विस्तार हुन्छ । गरिखाने अभियानलाई उजागर गरेर गरिखाने वर्गहरुको उद्धार गरिरहेको छ ।

रोजगार सिर्जना गराउने बजेट कहाँ हरायो ? योजना कसले बनाउने ? नेपाली कांग्रेसमा बीपीले उठाएका कुराहरु त्यतिकै सान्दर्भिक देखिएका छन् । खालि कृषिको कुरा गरेर मात्रै हुँदैन । 

आज नेपालमा बसेर अमेरिकामा व्यापार गर्न सकिन्छ । अमेरिकी कम्पनीहरुले नेपालमा व्यापार गर्न सक्छन् । नेपालमा विदेशी प्रशस्तै कम्पनीहरु खुल्न थालेका छन् । यो मात्रै सबै कुरा होइन । नयाँ भिजन, नयाँ सोचसहितको प्रजातन्त्र बीपीले त्यो बेला प्रतिपादित गरेका थिए ।

मानिसको परिचालन नगरेसम्म राजनिति दिगो हुँदैन । जतिसुकै राजनितिक भाषण गरे पनि भाषणको औचित्य हुँदैन ।

सामाजिक थिमलाई डेलिभर गर्ने मिसन भिजन हुनुपर्छ । अन्यथा त्यसप्रति आग्रह पूर्वाग्रह राख्न आवश्यकता छैन । आजको दुनियाँमा करिब २५ प्रतिशत विद्यार्थीहरुलाई गैरसरकारी विद्यालयहरुलाई शिक्षा दिन्छन्  । ७५ प्रतिशत सरकारी विद्यालयहरुले पढाउँछन् । 

हाम्रो शिक्षा मन्त्रालयमा गैरसरकारी विद्यालयहरुलाई निस्तेज बनाउने होडबाजी हुन्छ ।

सरकारी मै पढ्नुपर्छ भन्ने नाममा बदनाम गराउने काम गरिन्छ । यद्यपी विश्वभरीका जनसमुदायहरुले गरेका छन् । सरकारी विद्यालयको नियम, सरकारी अस्पतालहरुको नियम, सेवासुविधाहरुमा धेरै बजेट खर्च भएको देखिँदैन ।

हामीसँग स्रोत साधनको कमी भएको पनि होइन । तर सबै स्रोतसाधनहरु राजनीतिकरण हुँदा यस्तो भएको हो । अर्थलाई विकासको सेन्ट्रल स्टेजमा नराखेकै कारण, राजनितिक दल, स्रोत म्यानेजरहरुबीच समन्वय हुँदैन ।

राजनीतिक दलहरुले आर्थिक एजेन्डालाई प्राथमिकतामा कहिल्यै राखेनन् । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएको छ । 

यो महाधिवेशनमा राजनीतिकसहित आर्थिक, सामाजिक विषयमा छलफल हुनुपर्ने हो तर हामी भोट गन्नमा केन्द्रित छौं, त्यसमा म पनि पर्छु ।

डा. चिरञ्जीवी नेपालले बीपी कोइरालको आर्थिक विचार सहि समयमा प्रकाशनमा ल्याउनु भएको छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुले पक्कै पनि पढेर बीपीको आर्थिक विचारको अनुसरण गर्नुहुनेछ भन्ने विश्वास छ । 

(अर्थशास्त्री डा. चिरञ्जीवी नेपालद्वारा लिखित बीपी कोइरालाको आर्थिक विचार पुस्तक सार्वजनिक कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro