site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस महाधिवेशन : भाजपा, कांग्रेस आईका प्रतिनिधि आउने, चिनियाँ पार्टीको छैन टुंगो 
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा भारतका सत्तारूढ दल, प्रमुख प्रतिपक्षीलगायत दलको सहभागिता हुने भएको छ ।

विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक तथा पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा), प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस (कांग्रेस आई) र कम्युनिस्ट पार्टी माओवादीले सहभागिता जनाउने ‘कन्फर्मेसन’ पठाएका छन् ।

Dabur Nepal
NIC Asia

चिनियाँ सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टीले सहभागिता जनाउने/नजनाउने भन्ने टुंगो गरिसकेको छैन । संयोजक डा. महतका अनुसार आजभोलि नै कन्फर्मेसन आउने जानकारी पार्टीले दिएको छ । 

“भारतबाट कन्फर्म भयो, चिनियाँ कम्युनिस्ट पार्टीले कन्फर्म गरिसकेको छैन । कोरोनाका कारण दलहरू आउन डराएका छन्,” उनले भने ।

उनका अनुसार कांग्रेसले दक्षिण एसियाका मुख्य दलहरूलाई सहभागिताका लागि निमन्त्रणा पठाएको छ । निमन्त्रणा पठाउने काम सम्पन्न भए पनि कोभिड–१९ का कारण धेरै दलहरूको सहभागिता हुन सक्ने अवस्था नरहेको उनले बताए ।

कांग्रेस महाधिवेशन आउँदो पुस २४ गतेदेखि काठमाडौंमा हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro