site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

सार्वभौम जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च निकाय भए पनि नेपालका राजनीतिक नेताहरूले स‌ंसद्लाई सत्ता स्वार्थका लागि बन्धक बनाउने गरेका छन् । यसै महिनाको अन्तिम २८ गतेका लागि बोलाइएको संघीय संसद्को बैठक पनि अवरुद्ध गर्ने धम्की प्रमुख विपक्षी नेताले दिइसकेका छन् ।

यथार्थमा कोभिड-११ महामारी सुरु नहुँदैदेखि अर्थात् २०७६ सालको हिउँदे अधिवेशनपछि संसद्ले काम गर्न पाएको छैन । सुरुमा कोभिडको त्रासले संसद् अधिवेशन हठात् अन्त्य गरिएको थियो । त्यसपछि सत्तारुढ दल नेकपा (नेकपा)भित्रको किचलोका कारण तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले ६ महिनामा दुईपटक प्रतिनिधि सभा भङ्ग गराएका थिए ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा भङ्ग गर्ने निर्णयलाई असंवैधानिक ठहर गरिदिएपछि पनि संसद्को बैठक भने सुचारुरूपमा सञ्चालन हुन सकेको छैन । प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संसद् चल्न दिएको छैन भने सरकार र सभामुख पनि संसद्को अवरोध हटाउन गम्भीर देखिएका छैनन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

थुप्रै  अत्यावश्यक विधेयकहरू संसद्का कारण अलपत्र परेका छन् । सरकार अध्यादेशका भरमा चलाइएको छ । प्रतिनिधि सभाबाट पारित गर्नुपर्ने अमेरिकी अनुदान सहायता एमसीसी पनि अनुमोदन गर्न धेरै ढिलो भइसकेको छ । तर, एमालेका नेताहरू भने संसद् चल्न दिने विषयलाई जुँगाको लडाइँ बनाएर बसेका छन् ।  

शासनमा जनताको पहुँच र प्रभाव संसद्मार्फत् कायम हुने हो । यसैले संसद् अवरोध गर्नु प्रकारान्तरले जनताको अधिकार कुण्ठित गर्नु नै हो । एमाले अध्यक्ष ओलीको सत्ता गुमाउनु पर्दाको कुण्ठा तुष्टिबाहेक संसद् अवरोधबाट अरू केही हासिल हुने देखिँदैन । 

Royal Enfield Island Ad

व्यक्तिको कुण्ठा तुष्टिका लागि संसद् नै बन्धक बनाउने कार्य निरन्तर रहे नेपाली जनता तिनलाई मत संसद्मा पुर्‍याएकामा पछुताउनेछन् । जनताले पछुतो मान्ने अवस्था आयो भने त्यसको सजाय दिने बेला निर्मम हुनसक्छन् भन्ने राजनीतिक दलका नेताहरू विशेषगरी एमालेका नेताले हेक्का राख्नु बेस हुनेछ ।

सर्वोच्च अदालतमा देखिएको समस्या समाधानकै लागि पनि संसद्को बैठक राम्ररी चलाउनु आवश्यक छ । तर, संसद् राम्ररी चलाउन सभामुखले पनि विशेष कौशल र गम्भीरता देखाउन सकेका छैनन् ।

सभामुख पदबाट हटेर पनि संसद्को बैठक चलाउनुपर्छ । दलगत विभाजन बिर्सेर सांसदहरू पार्टीका नेतालाई दबाब दिन एकजुट हुनु आवश्यक देखिन्छ ।  

जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च संस्थालाई यसरी बन्धक बनाइँदा पनि मूकदर्शक हुने हो भने अहिलेका सांसदलाई अर्को चुनावमा किन भोट दिने ? सांसदहरूले उत्तर आफ्नै छातीमा हात राखेर खोजून् ! 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro