site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उपराष्ट्रपतिको सचिवालयले कोही पनि भारतीय नागरिक सल्लाहकार नभएको स्पष्ट पारेको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ को राजनीतिक तथा सांस्कृतिक विशिष्ट सल्लाहाकार हुँ भन्दै एक भारतीय नागरिकले गलत प्रचार गरिरहेको भनी सञ्चार माध्यामहरुमा आएका समाचारप्रति उप–राष्ट्रपतिको स्वकीय सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

“कोही पनि भारतीय नागरिक सम्माननीय उप–राष्ट्रपतिज्यूको सल्लाहाकार नरहेको र यस प्रकारको गलत प्रचारबाट भ्रममा नपर्न यसै प्रेस नोटमार्फत आग्रह गरिन्छ,” प्रेस संयोजक मनोज घर्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “साथै सम्माननीय उपराष्ट्रपतिज्यूको सल्लाहकार हुँ भनी गलत प्रचार गरिरहेका ती भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि उप–राष्ट्रपतिको कार्यालयको तर्फबाट परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकिएको र निजलाई कानुनी कारबाही गर्न नेपाल सरकार र नेपालस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारलाई समेत अनुरोध गरिन्छ ।”
\"\"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement