काठमाडौं । डीभी एजुकेसनले खुला शारीरिक व्यायामशाला अभियान सञ्चालन गरेको छ ।
कोरोना महामारीका कारण विश्व नै आक्रान्त भएको बेला डीभी एजुकेसनले शारीरिक व्यायाममार्फत युवामा थोरै भए पनि सकारात्मक सोच र उत्साह थप्न खुला शारीरिक व्यायामशाला अभियान सञ्चालन गरेको जनाएको छ ।
नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्स (एनवाईएफसी)सँगको समन्वयमा काठमाडौंका टोखा र नक्साल, पोखरा, चितवन र विराटनगरमा खुला शारीरिक व्यायामशाला सञ्चालनमा ल्याएको डीभी एजुकेसनका प्रबन्ध निर्देशक तरुणप्रताप शाहले बताए । यी व्यायामशालामा स्वयमसेवकमार्फत निःशुल्क प्रशिक्षण दिँदै आएको जनाइएको छ ।
डीभी एजुकेसनअन्तर्गत ट्रिटन सेकेन्डरी स्कुल, ट्रिटन इन्टरनेसनल स्कुल, शुभश्री कलेज र सेफर्ड कलेज रहेका छन् ।