site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चुरे संरक्षण गरे समग्र संस्कृति र सभ्यताको संरक्षण हुन्छ : राष्ट्रपति
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षण गर्न सके समग्र संस्कृति र सभ्यताको संरक्षण हुने बताएकी छन् ।महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रङ्गशालाको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश नम्बर २ को सभ्यता र पर्यावरणमा चुरेको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

उनले प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिला क्षेत्रका राष्ट्रिय सम्पदा र गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी लिन सम्बद्ध सबैपक्षसँग आग्रह गरिन् । मुलुकको तराई क्षेत्र अन्न उत्पादनको उर्वर भूमि रहेको हुँदा कृषिमा नयाँ प्रविधिको प्रयोग र अभ्यास बढाउँदै किसानलाई आधुनिक खेतीतर्फ लाग्न आवश्यक सीप, प्रविधि र सुविधा बढाउन स्थानीय तह, प्रदेश र केन्द्रसहित तीनै तहका सरकारले पहलकदमी लिनपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ । चुरेको संरक्षण विना तराईको समृद्धि सम्भव नरहेको राष्ट्रपति भण्डारीले बताइन् ।

राष्ट्रपति भण्डारीले ३०० वर्ष पहिले मटिहानीमा स्थापित तत्कालीन संस्कृत पाठशाला र हालको राजकीय संस्कृत माध्यमिक विद्यालयले देशमा शिक्षाको ज्योति छर्न महत्वपूर्ण योगदान दिएको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  २०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय