काठमाडौं । सामसुङ मोबाइलले ग्राहकहरूलाई लक्षित गरेर नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म उपहार योजना सञ्चालन गरिरहेको छ । उक्त उपहार योजनाअन्तर्गत प्रत्येकदिन तीनजना ग्राहकले पाँच ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् ।
लक्की ड्र बाट उपहार विजेताको घोषणा गरिने योजनाको दोस्रो लक्की ड्र कार्तिक ३० गते सम्पन्न भएको छ । उक्त लक्की ड्रमा नोभेम्बर ६ तारिखदेखि १२ तारिखसम्मको अवधिलाई समेटिएको छ । उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसुङ मोबाइल वा ट्याब खरिद गर्ने ग्राहकहरूले एसएमएस नम्बर ३६००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनुपर्ने हुन्छ ।
आज गरिएको लक्की ड्रमा ६ देखि १२ नोभेम्बरसम्म प्राप्त सिरियल नम्बरका ग्राहकहरूलाई समावेश गरिएको सामसुङले जनाएको छ ।
आजको लक्की ड्रमा ५ ग्राम सुनको सिक्का प्राप्त गर्ने भाग्यशाली सिरियल नम्बरहरू सार्वजनिक भएको जनाएको छ । विजेताहरूको सिरियल नम्बर सामसुङकाने फेसबुक पेजमा प्रकाशित गरिएको उनीहरूले सात दिनभित्रमा आवश्यक कागजातसहित आफ्नो उपहार दाबी गर्न सकिने जनाएको छ ।