site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘द नेपाल डिस्टीलरिज’ले आफ्नो ब्रान्डमा गर्‍यो नयाँ प्याकेजिङ, १३ मुलकमा निर्यात
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौ । स्वदेशको स्थापित ब्राण्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ (प्याक) सार्वजनिक गरेको छ । २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको आकर्षक लुक्ससहितको नयाँ प्याक कम्पनीले सार्वजनिक गरेको छ । 

खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टीलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो । कम्पनी स्थापनाको ६२ औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री बनाएको जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसको डिजाइन लण्डनको एक कम्पनीले गरेको कम्पनीका महाप्रबन्धक शुभाष लामिछानेले बताए । खुकुरी रमले आफ्नो प्याक परिवर्तन गर्नुअघि र नयाँ प्याक डिजाइन गरिसकेपछि पनि देशविदेशका ग्राहकहरुमाझ रिसर्च एव प्रतिक्रिया लिइएको उनले बताए । “प्याक परिवर्तन गर्नुअघि र पछिका ग्राहकहरुबाट आएका प्रतिक्रियाहरुलाई समेत ध्यानमा राखेर नयाँ प्याकेजिङमा नेपाली सम्पदा, मौलिकपन र परम्पराहरु झल्किने गरी विशेषताहरु समावेश गरिएको हो,” उनले भने ।

प्याकेजिङ परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा कुनै परिवर्तन नगरिएको कम्पनीले जनाएको छ  ।

Royal Enfield Island Ad

२० वर्षदेखि बजारमा राम्रो छाप बनाउन सफल भएको कम्पनीले पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरु एक महिनाअघि नै बन्द भइसकेको पनि जनाएको छ । तर, नयाँ प्याक लञ्च नहुञ्जेल बजारमा रहेको खुकुरी रमको पुरानो प्याक ग्राहकले सम्झनाका लागि राखेको समेत कम्पनीले जनाएको छ ।

नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन भएको हो । खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षाअनुरुप परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरुको मन जित्ने विश्वास खुकुरी रमको उत्पादक, द नेपाल डिस्टीलरिजका महाप्रबन्धक शुभाष लामिछानेले व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro